सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्को गर्मीमा फ्रिजको चिसो पानी पिउन हुन्छ ?

टन्टलापुर घामबाट घरमा फर्किएपछि फ्रिजको चिसो पानी पिउन कसलाई मन नपर्ला ? गर्मीसँगै थकाइले प्यास लागिरहेको अवस्थामा चिसो पानीले घाँटी भिजाउनुको मज्जा नै बेग्लै हुन्छ ।

तर चिसो पानी पिउँदा स्वास्थ्यलाई हानि गर्छ कि गर्दैन भन्नेमा भने धेरैको ध्यान पुगेको हुँदैन । यसै सन्दर्भलाई लिएर भएका विभिन्न अध्ययन अनुसन्धानले भने घामबाट धापिएर आउने बित्तिकै चिसो पानी खाँदा स्वास्थ्यलाई असर पर्न सक्ने देखाएका छन् ।

त्यसो भए चिसो पानी खान हुँदैन त ?

पोषणविद् योगिता सापकोटाले सधैं चिसो पानी खाने स्वस्थ व्यक्तिलाई खासै फरक नपर्ने भएपछि बिरामीमा नकारात्मक प्रभाव पार्ने बताउँछिन् । यस्तै, मेडिकलन्युज टुडेमा प्रकाशित लेखमा भनिएको छ, ‘आयुर्वेदिक विज्ञान अनुसार चिसो पानी पिउँदा शरीरमा तापक्रम असन्तुलन हुन्छ, जसले गर्दा थप ऊर्जा शरीरलाई चाहिन्छ । यसले पाचनप्रक्रिया सुस्त हुन्छ ।’

Mahakali Polytechnic

चिसो पानीको तुलनामा तातो वा मनतातो पानीले खानेकुरा पचाउन सहज हुने लेखमा उल्लेख छ । चिसो पानीले एकाल्सीया (खानानलीमा हुने समस्या) हुने व्यक्तिलाई हानि गर्ने जर्नल अफ न्युरोग्यास्ट्रोइन्ट्रोलोजी एण्ड मोटोलिटिमा प्रकाशित लेखमा उल्लेख छ ।

World Link Ads

पाचनमा प्रभाव

Sana Kishan

पोषणविद् सापकोटाका अनुसार केही अध्ययनले शरीरले कुनै पनि पदार्थलाई आफ्नो तापक्रममा ल्याउने तर अति कम तापक्रमको खानेकुरालाई पनि शरीरले तापक्रम अनुसार ढाल्न थाल्छ । जसले प्रक्रियालाई सुस्त बनाउँछ र अपचको समस्या निम्त्याउँछ ।

घाँटी दुख्ने समस्या

चिसो पानी पिउँदा घाँटी दुख्ने र आवाज परिवर्तन हुने आम समस्या नै हो । सधैं चिसो पानी पिउनेलाई भन्दा कहिलेकाहीं पिउनेलाई घाँटी दुख्ने समस्या बढी हुने सापकोटा बताउँछिन् ।

हृदय गतिमा प्रभाव

एक्कासि घामबाट धापिएर आएर चिसो पानी खाँदा शरीरको मुटुको धड्कन पनि कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । फ्रिजको चिसो पानी बढी पिउनाले दशौं क्रेनियल नर्भ (भ्यागस नर्भ) उत्तेजित हुन्छ र कम तापक्रमको पानीको असर सिधै भ्यागस नर्भमा पर्छ । जसकारण मुटुको धड्कन घट्ने हुन्छ ।

टाउकोमा समस्या

चिसो पानी वा आइस पानी पिउँदा मेरुदण्डका संवेदनशील स्नायुहरूलाई चिसो पार्न सक्ने सापकोटा बताउँछिन् । जसले टाउको दुख्ने, अनुहार र कपालको मांसपेशी अचानक संकुचित गर्न सक्ने उनी बताउँछिन् । ‘तर पनि यसको अध्ययनको ठोस निचोड भने निस्किसकेको छैन,’ उनी भन्छिन् ।

दाँतमा समस्या

फ्रिजको चिसो पानीले दाँतमा असर गर्न सक्ने दन्त चिकित्सक डा. मनिषा खर्बुजा बताउँछिन् । ‘चिसो खानेकुरा वा सफ्ट ड्रिंक्स पिउँदा दाँतको इनामेल नष्ट हुन सक्छ, उनी भन्छिन्, ‘दाँतको इनामेल पहिले नै खिइसकेको अवस्थामा धेरै चिसो पानीले डेन्टिनका छिद्र हुँदै पल्पमा भएका स्नायुलाई उत्तेजित पारेर दाँत दुख्ने वा सिरिङसिरिङ भएको महसुस हुन सक्छ ।’ यद्यपि कहिलेकाहीं फ्रिजको चिसो पानी पिउँदा त्यति फरक नपर्ने उनी बताउँछिन् । अनलाइनखबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds