सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तातोहावा ‘लु’ बाट देखा पर्छन् यस्ता असर, कसरी बच्ने ?

जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा ‘लु’ चल्न सक्ने सम्भावना रहेको जनाएको छ।

त्यसैले यसबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणहरूलाई आग्रह गरेको छ। मन्त्रालयका अनुसार तातो हावा लु लाग्दा विभिन्न असरहरू देखा पर्छन्।

लुले पर्ने असर :

– हृदयको गति तीव्र हुने

Mahakali Polytechnic

– श्वास प्रश्वास र रक्तचाप घट्ने

World Link Ads

– शरीरबाट पसिना ननिस्किने

Sana Kishan

– टाउको अत्यधिक दुख्ने

– चक्कर लाग्ने, अचेत हुने

– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने

– छाला सुक्खा, रातो र तितो हुने

यी असरहरू देखिए तुरुन्तै नजिकैको अस्पतालमा जान स्वास्थ्य मन्त्रालयले सबैलाई सुझाएको छ। मन्त्रालयले लु बाट जोगिने उपायहरू पनि दिएको छ। ती उपायहरू यस्ता छन् ः

– दिउँसो घरबाट बाहिर ननिस्कने

– फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने

– चिसो पानीले नुहाउने

– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने

– खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने

– बाहिर निस्किनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओड्ने

– मदिरा सेवन नगर्ने

– चिनीको मात्र बढी भएको झोल पदार्थ बढी नपिउने

 

थाहा खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds