सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विदेशिने विद्यार्थीको संख्या बढेसँगै नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीको अभाव

Far weast coaching ad
40
Sana Kishan

प्रत्येक बर्ष उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढेसँगै नेपालका विश्वविद्यालयहरुलाई विद्यार्थीको अभाव हुन थालेको छ । गत बर्ष मात्र १ लाख १५ हजार भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट एनओसी लिएको र यस बर्ष समेत ७० हजार विद्यार्थीले एनओसी लिएपछि विश्वविद्यालयहरु पूर्ण क्षमतामा विद्यार्थी भर्ना गर्न असफल भएका हुन् ।

नेपालका विश्वविद्यालयहरुमा करिब २ लाख विद्यार्थी भर्ना गर्न सक्ने क्षमता रहेपनि विद्यार्थी विदेशिएपछि करिब ९५ हजार विद्यार्थी मात्र नेपालमा रहेको अनुमान गरिएको छ । त्यसैले त काठमाडौ विश्वविद्यालयमा मात्र गत बर्ष स्कुल अफ आर्टस् र स्कुल अफ मेडिसिनतर्फ एमबीबीएस र बीडीएस बाहेकका सिटमा ४० प्रतिशत सिट खाली रह्यो ।

Arus
Karnali Traders

पुरानो पाठ्यक्रम, पुराना विषयवस्तु भनिएपनि नयाँ विषय र परिमार्जित पाठ्यक्रम हुँदा पनि थोरै विद्यार्थी भर्ना भएको भनाई काठमाडौ विश्वविद्यालयको छ । काठमाडौ विश्वविद्यालय र शिक्षा पत्रकार सञ्जाल इजोनद्वारा आयोजित छलफल कार्यक्रममाविश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विद्यार्थी घट्नु चिन्ताको विषय भएको बताउनुभयो ।

विद्यार्थी कम भएको र आकर्षण नभएका विषय र कार्यक्रमहरुलाई हटाउने तयारी काठमाडौ विश्वविद्यालयले गरिरहेको छ । त्यसबखत प्राध्यापक लोकराज बरालले शिक्षालाई समाजसंग जोड्न नसक्दा समस्या देखिएको उल्लेख गर्नुभयो । नेपालका विश्वविद्यालयहरुमा बेथिति बढ्नुकासाथै शैक्षिक क्यालेन्डर प्रकाशन हुन नसक्नु, राजनीतिक हस्तक्षेपका कारण विदेशिन बाध्य भएको भनाई विद्यार्थीको छ । नेपाल टेलिभिजन बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.