सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यू–१६ क्रिकेट प्रदेश छनोट : अछाममा चैत २८ देखि

Far weast coaching ad
31
Sana Kishan

१६ वर्षमुनीको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनाट प्रतियोगिता अछाममा हुने भएको छ। प्रतियोगिता चैत २८ गतेदेखि अछाममा हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।

सहभागी हुने प्रदेशका आठ टिमलाई दुई समूहमा विभाजन गरिएको संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए। समूह ए मा कैलाली, बैतडी, डडेल्धुरा र दार्चुला रहेका छन्। समूह बी मा कञ्चनपुर, अछाम,डोटी र बझाङ छन्।

Arus

अछामको साँफेबगरमा हुने प्रतियोगिताको पहिलो खेलमा चैत २८ गते बिहान साढे ८ बजे अछाम र डोटी आमनेसामने हुँदा अर्को खेलमा कञ्चनपुर र बझाङ भिड्नेछन्।

चैत २९ गते हुने दोस्रो खेलमा कञ्चनपुर र डोटी भिड्दा दोस्रो खेलमा अछाम र बझाङ प्रतिस्पर्धा गर्नेछन्। चैत ३० गतेको खेलमा कैलाली र डडेल्धुरा तथा बैतडी र दार्चुलाबीच भिडन्त हुनेछ। वैशाख १ गते पहिलो खेलमा कञ्चनपुर र अछाम भिडन्त हुँदा दोस्रोमा बझाङ र डोटीबीच प्रतिस्पर्धा हुनेछ।

Karnali Traders

वैशाख २ गते बैतडी र डडेल्धुरा तथा कैलाली र दार्चुला भिड्नेछन्। वैशाख ३ गते कैलाली र बैतडी तथा दार्चुला र डडेल्धुराबीच प्रतिस्पर्धा हुनेछ। वैशाख ४ गते हुने पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता र समूह बी को उपविजेता भिड्दा दोस्रो सेमिफाइनलमा समूह बीको विजेता र समूह एको उपविजेता आमनेसामने हुनेछन्।

वैशाख ५ गते फाइनल खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ। उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले राष्ट्रियस्तरको छनोट प्रतियोगिता खेल्नेछ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला र प्रदेश छनौट गर्न निर्देशन दिएको हो ।
एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार प्रतियोगिता मे १७ देखि २८ सम्म मलेसियामा हुनेछ।

प्रतियोगितामा नेपाल पनि सहभागि हुने नेपाल क्रिकेट संघले जनाएको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.