सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेलौलीमा हुने निःशुल्क स्वास्थ्य शिविरको तयारी तीव्र

बैतडीको मेलौलीमा हुने स्वास्थ्य शिविरको तयारी तीव्र पारिएको छ । बैतडी समाज कैलालीले बैशाख ८, ९ र १० गते मेलौली नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य चौकी परिसरमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो । मेलौलीमा हुने स्वास्थ्य शिविरमा विभिन्न ८ विधाका चिकित्सकहरूले निःशुल्क स्वास्थ्य जाँच गर्नेछन् ।

शिविरमा हाड जोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, जनरल फिजिसियन, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग र बाल रोग विशेषज्ञहरूले निःशुल्क परामर्श सेवा प्रदान गर्ने समाजका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिए । शिविरमा धनगढी नेत्रालयले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत प्रदान गर्नेछ । दुर्गममा रहेका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले आयोजना गरिने स्वास्थ्य शिविरमा मेलौली नगरपालिका, पाटन नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका गरी चार वटा स्थानीय तहका नागरिकहरू लक्षित गरिएको छ । शिविरमा सबै प्रकारको औषधी निःशुल्क वितरण गरिने पनि समाजले जनाएको छ ।

Sana Kishan

शिविरमा अरू संघ संस्थाले पनि सहयोग गर्ने क्रम बढेको समाजले जनाएको छ । सामाजिक विकास मन्त्रालयले सोमबार मात्रै शिविरका लागि झण्डै डेढ लाख रकम बराबरको औषधी हस्तान्तरण गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर नीरज अर्यालले मन्त्रालयको तर्फबाट समाजलाई औषधी हस्तान्तरण गरेका हुन । रोटरी क्लब अफ धनगढी, फाया नेपाल जस्ता तीन दर्जन संघसंस्था र व्यक्तिहरूले दुर्गमका जनता लक्षित स्वास्थ्य शिविरलाई सहयोग गरेका छन् । विभिन्न औषधी कम्पनीहरू, निजी अस्पतालहरूले पनि चिकित्सा सेवा र औषधी दिने क्रम जारी रहेको स्वास्थ्य शिविरका संयोजक तथा समाजका उपाध्यक्ष गजेन्द्रवीर चन्दले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic

पुर्ख्यौली घर बैतडी भएर कैलालीमा बसोबास गर्दै आएका व्यक्तिहरूले समाजको गठन गरेर समाजसेवा गरिरहेका हुन् । समाजले हरेक वर्ष बैतडी जिल्लाको दुर्गम भेगका जनतालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । यसअघि समाजले बैतडीको पाटनमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ । बैतडी समाज कैलालीले हरेक वर्ष दुई पटक रक्तदानको आयोजना पनि गर्दै आएको छ । रगतको अभावलाई लक्षित गर्दै समाजले हरेक ६÷६ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको हो । नेपालबोध डटकम बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.