सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उदयदेव सहकारीमा पर्याप्त तरलता छ : चन्द

उदयदेवको अहिलेको अवस्था कस्तो छ ?

उदयदेवको अहिलेको अवस्था धेरै राम्रो छ । किनभने हामीसंग अहिले तरलताको कुनै कमी छैन । हामी शेयर सदस्य केन्द्रित भएर काम गरिरहेका कारण सदस्यहरुको एकदमै विश्वास रहेको छ । तरलता अभाव भएको बेला वा अहिलेको वर्तमान अवस्थामा वित्तीय संस्थाहरुप्रति जुन नकारात्मक अफवाह फैलाइएका छन्, त्यस्तो अवस्थामा पनि उदयदेवमा कुनै समस्या छैन ।

हाम्रो प्रत्येक महिना डिपोजिट बढेको छ । ऋण लगानी पनि बढेको छ । हामीले सानो–सानो कर्जा उत्पादन क्षेत्रमा मात्रै लगानी गरेका कारण अहिलेको अवस्थामा पनि कुनै समस्या नआएको हो ।

World Link Ads
Mahakali Polytechnic

शेयर सदस्यहरुलाई ढुक्क बनाउने आधार के–के छन् ?

Dirghayu Ads

उदयदेवमा प्रयाप्त तरलता रहेको छ । हामीले सदस्यको बचत सदस्यमै लगानी गरेका छौं । बाह्य क्षेत्रमा लगानी गरेका छैनौं । अहिलेको अवस्थामा एक अरब ४२ करोड जति बचत रहेको छ, भने, एक अरब ५८ करोड कर्जा लगानी रहेको छ । शेयरपूजी १८ करोड रहेको छ । शेयर सदस्यको लगानी सुरक्षित ठाउँमा लगानी गरेका छौं । त्यसैले आत्तिनु पर्ने अवस्थमा छैन । बचतकर्तालाई चाहिएको बेला उनीहरुले मागे अनुसारको पैसा हामी फिर्ता गर्न सक्ने अवस्थामा रहेका छौं ।

पछिल्लो समय सहकारी र वित्तीय संस्था जोखिममा रहेको हल्ला छ । के कारणले यो समस्या आएको हो ?

सहकारी भनेको शेयर सदस्यको आर्थिक समाजिक विकासका लागि स्थापना भएको संस्था हो । लगानी गरेपछि शेयर सदस्यको पूजी सुरक्षित हुने ग्यारेन्टी संस्थाले गर्नुपर्दछ । तर कतिपय सहकारी संस्थाहरु बैंक, कम्पनी जस्तो भएर सदस्यहरुको बचत उत्पादन नहुने क्षेत्र (जग्गा लगायत क्षेत्रमा) लगानी गर्न थालेको देखिन्छ । एक जनाको बचत अर्को बचत नभएको व्यक्तिमाथि लगानी गर्न थालेका कारण यो समस्या आएको हो जस्तो मलाई लाग्दछ । हामी त्यसप्रति धेरै नै सजग छौं । जसको वचत उसैमाथि लगानी गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । त्यो नै सहकारीको मुल्य र मान्यता हो । हामी मात्रै हैनौं सदस्यमै लगानी गर्ने सहकारी सबै राम्रा छन् ।

नियमनकारी निकायको कमजोरीका रुपमा हेर्न मिल्छ की मिल्दैन ?

यो विषय नियमनकारी निकायसंग प्रत्यक्ष जोडिएको छ । अहिले सहकारीको नियमन निकै कमजोर अवस्थामा छ । संघिय संरचनामा देश गएपछि संघ, प्रदेश र स्थानीय तहलाई उसको क्षेत्राधिकार निर्धारण गरेर सहकारीको निमयन गर्ने अधिकार दिइएको छ । तर नियमक निकायसंग कर्मचारीको अभाव देखिन्छ । जसका कारण कुनै पनि निकायले सहकारीको अनुगमन र नियमन गर्न सकिरहेका छैनन् । सहकारी संस्थाले के गरिरहेका छन्, कस्तो क्षेत्रमा लगानी गरिरहेका छन् भनेर निरन्तर नियमन हुनु पर्ने हो । त्यसो नहुँदा न त शेयर सदस्यले आफ्नो लगानी कहाँ छ भन्ने कुरा बुझ्न पाएका छन् । संस्थाले पनि मनमानी लगानी गर्ने गरेको देखिन्छ । जसले गर्दा यो समस्या आएको हो जस्तो मलाई लाग्दछ ।

उदयदेवले कस्तो क्षेत्रलाई प्राथमिकता दिएर लगानी गरिरहेको छ ?

उदयदेवको ऋण लगानीको प्राथमिकता क्षेत्र भनेको कृषि, व्यापार, व्यवसाय, लघु उद्दम क्षेत्र, पशुपालन लगायतका रहेका छन् । संस्थाले प्रत्यक बर्ष आर्जन गरेको मुनाफाको सहकारी ऐन अनुसार १८ प्रतिशत लाभांस वितरण गर्ने गरेको छ । अर्को उनीहरुको कारोवार (ऋण वचत, खरिद बिक्रि) का आधारमा पनि तीन दशमलव १ प्रतिशत रकम सदस्यहरुको ब्याजमा फिर्ता गर्ने गरेका छौं । त्यसले हामीप्रति सदस्यको विश्वास कायम भएको छ ।

त्यसैगरी उनीहरुले पाएको व्याजमा थप ५ दशमलव ५ प्रतिशत पूजि संरक्षित पुजी फिर्ता कोषबाट पाउने गरेका छन् । आफुले तिरेको रकमको आफुलाई पनि भाग लाग्ने एउटा सहकारी क्षेत्र मात्रै हो । आफुले नियमित सेवा सुबिधा पाइरहेका कारण उदयदेव प्रति सदस्यको एकदमै विश्वास रहेको छ ।

हमीले सदस्यलाई ऋण दिंदा उत्पादन क्षेत्रमै लगानी गरुन् भनेर शेयर सदस्यलाई बीउ बिजन उत्पादन गर्न लगाएका छौं । त्यो उत्पादित वस्तु सहकारीले नै खरिद गर्ने गरेको छ । किसानले उत्पादन गरेको बीउको मुल्य बजारको भन्दा १० प्रतिशत बढी पनि दिएका छौं ।

Sana Kishan

यो बर्षदेखि हामीले चामल प्लान्ट पनि सञ्चालन गर्दैछौं । मिल सञ्चालन भएपछि किसान सदस्यले उत्पादन गरेका वस्तु खरिद गरी उदयदेवको ब्राण्डमा बजारीकरण गरिने छ । उदयदेवले गुणस्तरिय खाद्य सामग्री सुलभ मुल्यमा बजारमा पु¥याउने छ ।

चामल कहिलेसम्म बजारमा आइपुग्छ ?

अषाढ मसान्तसम्म कम्पनी सञ्चालन गरिसक्ने लक्ष्य रहेको छ । साउनदेखि सहकारीको आफ्नै ब्राण्डको चामल बजारमा आउने छ ।

बीउ उत्पादनको कार्यक्रमको तयारी कति पुरा भयो ?

यो कार्यक्रम सञ्चालन भइसकेको छ । सदस्यहरुले बीउ उत्पादन गर्ने र सहकारीलाई बेच्ने क्रम बढिरहेको छ । सदस्यले उत्पादन गरेको बीउ हामीले कृषि कार्यालयबाट गुणस्तर प्रमाणिकरण गराएर बजारमा बिक्री गर्ने गरेका छौं । उदयदेवले उत्पादन गरेको बीउ अहिले विभिन्न जिल्लाहरुमा गइरहेको छ । शेयर सदस्यले पनि आवश्यकता अनुसार हाम्रो बीउ प्रयोग गर्ने गरेका छन् ।

बीउ उत्पादन र चामल उत्पादन तर्फ किन लगानी गरियो ?

हामीसंग बढी जसो किसान सदस्य रहेका छन् । उनीहरुको सेवमा केन्द्रित भएर पहिला ४–५ जना जेटिए राखेर तरकारी खेती गर्ने किसानलाई हामीले निःशुल्क रुपमा जेटिए सेवा पनि दिएका थियौं । तरकारी उत्पादन गर्ने लगभग चार हजारदेखि साढे ५ हजार किसानलाई हामीले जेटिए मार्फत निशुल्क प्राबिधिक सेवा दिएका थियौं ।

अहिले संस्थालाई बीउ अभाव हुने र बीउ भारतबाट ल्याउनु पर्ने अवस्था आएपछि हामीले बीउ उत्पादनलाई जोड दिएका हौं । त्यसरी बीउ बजारीकरण गर्दा कृषकले उत्पादन गरेको वस्तुको मुल्य पनि बढी पाइरहेका छन्, भने अरु किसानले सस्तोमा गुणस्तरिय बीउ प्रयोग गर्न पाइरहेका छन् । अहिले हामीले आफ्नै बीउ ग्रेडिङ मेसिन राखेर गुणस्तरिय बीउ उत्पादन गरिरहेका छौं ।

यस संस्थामा आबद्ध शेयर सदस्यका लागि थप सुविधा के–के छन् ?

अहिले हाम्रा सदस्यलाई हामीले प्रबिधिसंग पनि जोडिरहेका छौं । अहिले धेरै संस्थामा बचत कर्ताहरुले बचत फिर्ता नपाएको भन्ने गुनासो आएको छ । तर हाम्रो सहकारीमा आबद्ध बचत कर्ताले बचत फिर्ताका लागि सहकारीको कार्यालयमा पुग्नै पर्दैन । उनीहरुको सहजताका लागि हामीले एटिएम सेवा सञ्चालन गरेका छौं, सदस्यहरुले एटिएम मार्फत आफ्नो बचत सहजै झिक्न पाइरहेका छन् । मोबाईल बैंङ्क सेवा सुचारु गरिएको छ । सदस्यहरुले आफ्नै मोबाइलबाट आफ्नो खाताको रकम जुनसुकै बैंङ्क वित्तीय संस्थामा ट्रान्सफर गर्न सक्ने, खानेपानी, विजुली वत्ती लगायत विलहरु पनि मोबाइलबाटै तिर्न सक्छन् ।

सामाजिक उत्तरदायित्व तर्फ के कस्ता काम भएका छन् ?

सदस्यलाई विभिन्न रोगहरुको उपचार खर्च दिने व्यवस्था गरेका छौं । किड्नी, मुटु रोगको समस्या भएका शेयर सदस्यका लागि उपचारका लागि २५ हजार सहयोग गर्ने गरेका छौं । महिला सदस्यको पाठेघरको उपचारका लागि ५ हजार सहयोग गर्ने गरेका छौं । यसैगरी शयर सदस्यलाई विभिन्न समयमा आइपर्ने बीमा सम्बन्धी कामहरुमा पनि हामीले कर्जा बीमा गरिदिने, प्राकृतिक प्रकोपमा परेका शेयर सदस्यका लागि आर्थिक सहयोग गर्ने लगायत संस्थाले मुनाफारहित भएर सामाजिक क्षेत्रमा काम गरिरहेका छौं । सेभ हाउस, बाल गृह, विद्याश्रममा पनि संस्थाले पटक–पटक आर्थिक सहयोग गरेको छ ।

संस्थामा आबद्ध सदस्यहरु मध्य जेष्ठ नागरिक शेयर सदस्यलाई सम्मान गर्ने गरेका छौं । जेष्ठ सदस्यलाई बचतमा पनि १२ प्रतिशत सम्म व्याज दिने गरेका छौं । बाल बचत तर्फ उनीहरुलाई पढ्न सजिलो होस् भनेर सदस्यका छोराछोरीको बाल बचत खाता सञ्चालन गरी त्यसमा पनि बढी ब्याज दिने गरेका छौं । यो बर्षदेखि ५ जना शेयर सदस्यका छोराछोरीलाई जेटिए अध्ययनका लागि छात्रवृति पनि प्रदान गर्ने कार्यक्रम ल्याएका छौं ।

सामाजिक उत्तरदायित्व अन्तरगत नै हामीले कञ्चनपुर जिल्ला अन्तरगत शाखा रहेका पालिकामा पालिका स्तरिय हाजिरीजवाफ प्रतियोगिता पनि सञ्चालन गरेका छौं । त्यसमा माध्यामिक विद्यालयको राम्रो सहभागिता रहेको छ । त्यसको उद्देश्य विद्यार्थीमा पढ्ने बानीको विकास होस् र सहकारी सम्बन्धी शिक्षा प्रदान होस् भन्ने हो । धनगढी पोष्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.