इन्डियन प्रिमियर लिग आईपीएलको १६औँ संस्करण आजदेखि सुरु हुँदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता गुजरात हार्दिक पाण्ड्या तथा चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ । चेन्नई आईपीएलमा चार पटकको विजेता टोली हो । आईपीएल भारतका विभिन्न सहरमा हुनेछ ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
कोरोना महामारीपछि पहिलो पटक फ्रेन्चाइज टोलीले होम र अवे मैदानमा खेल्दैछन् । यसपटक १० टोली सहभागी छन् । सहभागी सबै टोलीले तयारी पूरा गरेका छन् । ५९ दिनसम्म चल्ने प्रतियोगितामा १० टोलीबीच ७४ खेल हुनेछन् । हरेक टोलीले १४ खेल खेल्नेछन् ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
१० टोलीबीच समूह चरणमा ७० खेल हुनेछन् र लिग चरणपछि अङ्क तालिकामा शीर्ष स्थानमा रहने शीर्ष ४ टोली प्लेअफका लागि छनोट हुनेछन् । यस सिजनदेखि इम्प्याक्ट प्लेयर नियम लागू हुनेछ । कुनै पनि टोलीले खेलको क्रममा १४ ओभर भित्रमा एक खेलाडी परिवर्तन गर्न सक्नेछन् । उज्यालो अनलाइन बाट सभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)