सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ५ विकेटले विजयी

अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । गएराति सकिएको खेलमा भारत ५ विकेटले विजयी भयो ।

जितसँगै भारतले तीन खेलको एकदिवसीय शृङ्खलामा १–० को अग्रता बनाएको छ । १ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले ३९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए ।

Sana Kishan

अस्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा मार्कुस स्टोनिसले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३५ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा अलआउट भएको थियो । उसका मिचेल मार्सले सर्वाधिक ८१ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद शामी र मोहम्मद शिराजले ३÷३ विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

दुई देशबीचको दोस्रो एकदिवसीय खेल भोलि र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.