बैतडी– जिल्ला अस्पताल बैतडीमा पाठेघर खसेका महिलाहरुलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको छ । यहि फागुन २३ र २४ गते पाठेघर खसेका महिलाहरुलाई निःशुल्क शल्यक्रिया सहितको सेवा प्रदान गरिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।
दुई दिनमा ७ जना महिलाहरुको शल्यक्रिया गरिएको र ७० भन्दा बढी बिरामीहरूले स्त्री रोग विशेषज्ञ सेवा लिएका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले जानकारी दिए । डडेल्धुरा अस्पतालबाट आएका स्त्री रोग विशेषज्ञ डाक्टर सुरेन्द्र प्रसाद भट्टले सेवा दिएका उनले बताए ।
जिल्लामै निःशुल्क सेवा पाएपछि सेवाग्राही पनि खुसि भएका छन् । पछिल्लो समय जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ सहितका सेवा प्रवाह भइरहेका छन् । जसका कारण यहाँँका नागरिकहरुलाई उपचारका लागि सहज भएको छ । सगुन खबर बाट सभार