कैलालीको धनगढीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिकाको मिलचोकमा बिहिबार बिहान मोहनापुल–अत्तरिया ५ लेन सडकमा चौमालाबाट भीमबस्ति तर्फ जाँदै गरेको से १ ह २६३९ नम्बरको अटो आफैँ अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते गौरीगंगा नगरपालिका वडा नम्बर ४ की ८५ वर्षीया तिलानन्द जोशीको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको धनगढीस्थित माया मेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्। अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post