सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लिग–२ : पीएनजीले यूएईलाई हरायो

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले हराएको छ ।

यूएईले दिएको ९८ रनको सामान्य लक्ष्य पीएनजीले २५ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । पीएनजीका लागि टोनी उराले नटआउट ३५ रन बनाए । बलिङतर्फ यूएईका रोहन मुस्तफाले २ विकेट लिए । यस्तै जुनैद सिद्दिकी, आयन अफजल खान र जहूर खानले १÷१ विकेट लिए ।

Sana Kishan

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो । यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाउँदा अन्य ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद सोपरले ३ विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

यो शृङ्खलामा नेपालले भोलि सोमवार यूएईसँग खेल्नेछ । नेपालले लिग–२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ । अङ्क तालिकामा नेपाल ३१ खेलमा ३० अङ्ककका साथ छैटौँ स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अङ्कसहित तालिकाको पुछारमा छ । ३१ खेल खेलेको यूएई ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.