सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यू–१९ विश्व कप एसिया छनोट : नेपालले हङकङलाई ९ विकेटले हरायो

आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । हङकङलाई हराउँदै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम रङ्गु थापा मगरले ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रन बनाएर आउट भए । बलिङतर्फ हङकङका ड्यानियल मोर्गन मापले १ विकेट लिए ।

Sana Kishan

यसअघि यूएईमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६ ओभर ३ बलमा १ सय २० रन बनाउँदा अलआउट भयो । हङकङका लागि पार्थ भगवतले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले २÷२ विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । अङ्क तालिकामा नेपाल र यूएईको समान ६ अङ्क भए पनि नेट रनरेटको आधारमा यूएई शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा छ ।

Dirghayu Ads

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.