सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्षासँगै ’भिजिविलिटी’ कम हुँदा केपी ओली कपमा आर्मी र सातदोबाटोबीचको खेल रोकियो

31
Sana Kishan

केपी ओली कपको सेमिफाइनलअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको सेमिफाइनल वर्षासँगै मैदानमा ’भिजिविलिटी’कम भएपछि रोकिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिन लाग्दा वर्षा सुरू भएको थियो।

वर्षा रोकिएपछि करिब १० मिनेट ढिलो गरी सुरू भएको दोस्रो हाफको खेल आठ मिनेट गराएर रेफ्री उमेश बिडारीले दुवै टिमसँग सल्लाह गरेका थिए। मैदानमा भिजिविलिटी कम भएका कारण दुवै टिमसँगको सल्लाहपछि भोलि ११ बजे ५३ मिनेटपछिको खेल हुने आयोजकले निर्णय गरेको छ। आजको खेलमा ५३ मिनेटसम्म गोल भएको छैन।

Arus
Karnali Traders

पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलको नतिजामा पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा आइपुगेको हो। यस्तै,पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) लाई १–१ ९पेनाल्टीमा ५–४० को नतिजामा पराजित गर्दै आर्मी अन्तिम चारमा आइपुगेको हो।

भोलि नै हुने अर्को सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र आयोजक केपी एफसी आमनेसामने हुनेछन्। मछिन्द्र चर्च ब्वाइज युनाइटेडलाई र केपी एफसी जावलाखेल युथ क्लबलाई १–१ ९पेनाल्टीमा ५–४०को नतिजामा पराजित गर्दै अन्तिम चारमा आइपुगेको हो। अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.