सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सिगास र डिलाशैनीमा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बैतडीका स्थानीय तहहरुमा धमाधम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भइरहेका छन् । जिल्लाको सिगास र डिलाशैनी गाउँपालिकामा पनि सोमबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

सिगास गाउँपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता अर्जुन मावि गाँजरीको प्रांगणमा भइरहेको गाउँपालिकाले जनाएको छ । अर्जुन माविका व्यवस्थापन समितिका अध्यक्ष गणेश धामीको अध्यक्षतमा भएको प्रतियोगिता उद्दघाटन सत्रमा शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थी प्रमुख अतिथी रहेका थिए ।

प्रतियोगितामा पालिकाभरीका १४ ओटा माविको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, एथलेटिक्स लगायतका खेलहरु भइरहेका छन् । प्रतियोगिताका विजेताहरुलाई शिल्ड, मेडल र ट्रफी दिइने गाउँपालिकाले जनाएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आजदेखि हरिनगर खेलमैदानमा शुरु भएको छ । खेलकुद विकास समिति संयोजक विरेन्द्रबहादुर बोहराको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन समारोहमा डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी प्रमुख अतिथी रहेका थिए ।

Mahakali Polytechnic

प्रतियोगितामा पालिकाभरीका १२ विद्यालयको सहभागिता रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सका खेलहरु भइरहेका छन् । प्रतियोगिताका विजेताहरुलाई शिल्ड, मेडल र ट्रफी दिइने गाउँपालिकाले जनाएको छ । सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds