बैतडीको शिवनाथ गाउँपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिताको उपाधी नागार्जुन मावि शर्मालीले हात पारेको छ । ११ स्वर्ण,९ रजत र १ कास्य पदक सहित नागार्जुन माविले उपाधी हात पारेको हो ।
यस्तै ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक सहित हिरापुर माबि बसेडिले प्रतियोगितामा दोस्रो स्थानमा बनाएको छ । प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको उदयदेव मावि कफाडीले ४ स्वर्ण, ६ रजत र ७ कास्य पदक हात पारेको छ ।
यस्तै प्रतियोगितामा पिपलकोट मावि लोजनीले १ स्वर्ण, ३ रजत र ३ कास्य पदक, शारदा मावि मटेलाले ३ कास्य पदक, चन्द्रदेबल मावि स्वलपलाले २ रजत र ६ कास्य पदक, श्रिपुर मावि पुडिलले १ रजत १ कास्य पदक प्राप्त गरेको छ ।
माघ २७ गतेदेखि शुरु भएको प्रतियोगिता आइतबार समापन भएको हो । सगुन खबर बाट सभार