
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जिरोनाविरुद्ध जित निकालेको छ।
गएराति जिरोनाको मैदानमा भएको खेलमा पाहुना टोलीले १–० गोलको संघर्षपूर्ण जित निकालेको हो। बार्साको जितमा खेलको ६१औँ मिनेटमा पेड्रीले गरेको गोल निर्णायक बन्यो।


गएरातिको जितसँगै बार्सिलोनाले शीर्ष स्थानको अंक दूरी ६ ले बढाएको छ। उसले १८ खेलबाट ४७ अंक जोड्दा दोस्रो स्थानको रियल मड्रिडले १७ खेलबाट ४१ बनाएको छ।
गएराति नै भएको खेलमा सेभियाले इल्चेलाई ३–० गोलले पराजित गर्दा रियल बेटिसले गेटाफेविरुद्ध १–० को जित निकालेको छ। थाहा खबर बाट सभार
