सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको बाइम गाउँमा बिजुली बल्यो, स्थानीय हर्षित

बैतडीको बाइम गाउँमा बिजुली बलेको छ । उज्यालो बाट टाढा रहेको जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ को बाइम गाउँमा मंगलबार रातिबाट बिजुली बलेको हो ।

गाउँ विद्युतिकरण भएपछि स्थानीय हर्षित भएका छन् । नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन गाउँमा पुगेपछि नागरिकहरु हर्षित भएका स्थानीय प्रदिप जोशीले बताए । बाइम गाउँका घरघरमा बिजुली बलेको उनले बताए ।

Sana Kishan

धामी गाउँ सम्म पुगेको बिजुली बाइम गाउँमा पनि विस्तार भएपछि अहिले यहाँका नागरिकहरुको मुहारमा खुसियालि छाएको उनको भनाई छ । डिलाशैनी सरकारको पहल र सहयोगमा गाउँमा बिजुली पुगेको उनले बताए । यस अघि विद्युतीकरणका लागि बाइम गाउँका स्थानीयहरुले पोल बोकेका थिए ।

World Link Ads
Mahakali Polytechnic

आफ्नो गाउँमा विद्युतीकरणका लागि गत कार्तिकमा आफुहरुले जनश्रमदानमा पोल बोकेका र अहिले बत्ति बल्दा खुसि लागेको स्थानीय बिरेन्द्र जोशीले बताए । गाउँपालिकाले उज्यालो डिलाशैनी अभियान अन्तर्गत पालिका भित्र विद्युत विस्तार कार्य गरिरहेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.