सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारसले लेजेन्ड्स लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । एसियन लायन्सले पारस खड्कालाई अनुबन्ध गरिएको जनाएको छ ।

Sana Kishan

लायन्सले पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र शोयब अख्तरलाई टोलीमा अनुबन्ध गरेको छ । यो प्रतियोगिता भारतीय पूर्व कप्तान सचिन तेन्दुलकरदेखि वेस्टइन्डिजका ब्रायन लारासम्मका खेलाडीले खेल्दै आएका छन् । लिगमा वर्ल्ड जायन्टस्, इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहनेछ ।

लिगको तेस्रो संस्करण आउँदो फेब्रुअरी २७ देखि मार्च ८ तारिखसम्म कतार र ओमानमा हुँदैछ । पारस खड्काले दुई वर्षअघि सन्यास लिएका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेलेको थियो । उज्यालो  अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.