सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नयामा चितुवाको आतंक कायमै

बैतडीको सुर्नया गाउँपालिकामा चितुवाको आतंक कायम छ । लामोसमय देखि गाउँपालिकाका विभिन्न वाडामा चितुवाको आतंक कायम रहेको हो । चितुवाले किसानहरुले पालेका वस्तुभाव मार्दै आएको छ ।

गाउँपालिकाको वडा नं ३ , ४, र वडानं ८ मा चितुवाले घरपालुवा जनावर खाने गरेको छ । किसानहरुले मिहेनत गरेर पालेका बाख्रा खसि चितुवाले खाने गरेको छ । वन चराउन जंगल लगेका बाख्रा , खसि लगायतका वस्तुभाव खाने गरेको चितुवाले पछिल्लो समय गोठमै पसेर खान थालेको छ ।

Sana Kishan

चितुवाले सुर्नया भित्र सयौँको संख्यामा खसि बाख्रा मारि सकेको छ । रातिको समयमा गोठबाटै चितुवाले बाख्रा, खसी लगायतका घरपालुवा जनावर खान थालेपछि किसानहरु समस्यामा परेका छन् । गाउँ नजिका जंगलमा बस्ने चितुवा रातीको समयमा आएर बाख्रा मार्न थालेको कठमडाका स्थानीय धनबहादुुर साउदले बताए ।

World Link Ads
Mahakali Polytechnic

आइतबार राति मात्रै चितुवाले गोठमै पसेर बाख्रा मारेको उनले दुखेसो पोखेका छन् । नजिकैको ढोले जंगलबाट गाउँमा चितुवा पस्ने गरेको बताइएको छ । लगातार जसो चितुवाले गाउँमै पसेर घरपालुवा जनावर खाने गरेकाले स्थानीय नागरिकहरु डराएर बस्न बाध्य छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.