सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा १६ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर

बैतडीमा १६ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेका पाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका अनुसार जिल्लाको १६ प्रतिशत नागरिक अझै खानेपानीको पहुँच बाहिर रहेको पाइएको हो ।

जिल्लाको ८४ प्रतिशत नागरिक खानेपानीको पहुँचमा रहेको भएपनि अझै १६ प्रतिशत नागरिक पहुँच भन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख कृष्ण बहादुर बोकटीले जानकारी दिए ।

भगौलिक विकटताका कारण खानेपानीका मुहान टाढा भएकाले नागरिकहरु खानेपानीको पहुँच बाहिर रहेका उनले बताए । टाढा बस्ति भएका ठाउँमा नजिक खानेपानीका मुहान नहुँदा नागरिकहरु खानेपानीको पहुँच बाहिर रहेका हुन् ।

World Link Ads
Mahakali Polytechnic

टाढाको पानी पुर्याउन समस्या हुने भएकाले नागरिकहरुले अहिले पनि खानेपानीको समस्या झेलि रहेका छन् ।वस्तिहरु डाँडामा हुनु र नजिक पानीका मुहान नहुनुले सतप्रतिशत नागरिक खानेपनीको पहुँचमा पुग्न नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख बोकटीको भनाई छ । मुहान अभावले नै नागरिकलाई समस्या भएको उनले बताए ।

Dirghayu Ads
Sana Kishan

यहाँका डाँडाकाँडाका बस्तिहरुमा स्रोतका अभावले पानी पुर्यान समस्या भइरहेको उनले बताए ।सुर्नयाको धरमघर लगायत जिल्लाको धेरै उच्च ठाउँमा रहेका गाउँवस्तिहरुमा मुहानकै अभावले खानेपनी पुर्याउन कठिन भएको उनले बताए । यस्तै अहिले जिल्लामा १४४ क्रमागत खानेपानीका योजना निर्माण प्रकृयामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

१४४क्रमागत खानेपानीका योजना मध्ये जिल्लामा ८ ओटा लिप्टीङ प्रविधिका योजना निर्माणाधिन अवस्थामा रहेको निमित्त प्रमुख बोकटीको भनाइ छ । जिल्लामा संघ र प्रदेश सरकारको बजेटबाट बृहत खानेपानीका योजनाहरु निर्माणको प्रकृयामा रहे पनि समयमा सम्पन्न हुन सकेका छैनन् ।

ग्रामीण भेगका नागरिकरुलाई शुद्ध खानेपानीको पहुँच भित्र ल्याउन बृहत खानेपानीका योजना निर्माणधिन अवस्थामा रहे पनि समयमै सम्पन्न नहुँदा नागरिकहरुले समस्या भोगि रहेका हुन् । यस्तै क्रमागत अवधारणा अनुसार सञ्चालित जिल्लाका बृहत खानेपानी योजनामा पहिलो वर्ष बजेट आएपनि दोस्रो पटक बजेट नै नआउने गरेका गुनासा पनि जिल्लाबासीका रहेका छन् ।

कतै राज्य पक्षको कमजोरी, कहिँ पर्याप्त मुहानको कमिले जिल्लाका नागरिक अहिले पनि सहज खानेपानीको पहुँच बाहिर छन् । जिल्लामा निर्माण प्रकृयामा रहेका कतिपय खानेपानीका योजनाहरुमा दलगत लडाँइले पनि दोस्रोपटक बजेट नपर्ने गरेको यहाँका नागरिकहरुले गुनासो गरेका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.