सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज माघ ८ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

आजको पञ्चाङ्ग
वि.सं. माघ ०८, २०७९ । ई.सं. २२ जनवरी २०२३ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ सिल्लाथ्व । नल उत्तरायण शिशिर । आइतबार माघ शुक्लपक्ष । तिथि– प्रतिपदा, २४ः४४ बजे उप्रान्त द्वितिय । नक्षत्र– उत्तराषाढा ७ः४९ बजेदेखि श्रवण, ३०ः०९ बजे उप्रान्त शतभिषा । योग– वज्र, ११ः५५ बजे उप्रान्त सिद्धि । करण– किंस्तुघ्न १३ः५४ बजेदेखि वव, २४ः४४ बजे उप्रान्त तैतिल । चन्द्रराशि मकर । आनन्दादि योग मुसल । दिनमान २६।३५ । सूर्योदय ६ः५७ । सूर्यास्त १७ः३५ । तामाङल्होसार, सोनामल्होसार, श्रीवल्लभजयन्ती, द्विपुष्कर ०६ः०९ उ. ।

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अतिथिका रूपमा सम्मान पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

World Link Ads
Mahakali Polytechnic

मिथु न (का, कि, कु, घ, ङ, छ, के, को, हा) हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाला । मनमा दुबिधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।

Dirghayu Ads

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ अलङ्कारको प्राप्ति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । मिहिनेत गर्दा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न ।

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ पनि लाग्नसक्छ अतः संयम रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्य गर्ने योजना पनि बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । मकालु खबर बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.