सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

९ वटै जिल्लाका गायकहरुको स्वरमा रहेको “हाम्रो नौ जिल्ला” गीत सार्वजनिक

124
Sana Kishan

सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन तथा भेषभुषालाई संरक्षण गर्ने उद्देश्यले तयार पारिएको देउडा गीत “हाम्रो नौ जिल्ला” सार्वजनिक भएको छ । बिग परिवेशको आधिकारिक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ ।

सम्भावनाले भरिएको तर प्रचारप्रसारको अभावले पछि परेको सुदूरपश्चिमलाई चिनाउने उद्देश्यले निर्माण गरिएको लोकप्रीय गीतमा चर्चित गायकहरुले स्वर दिएका छन् । जसमा डडेल्धुराका बरिष्ठ देउडा गायक भोजराज भट्ट, कञ्चचनपुरका भुवन बडु, अछामका टेक बोगटी, बझाङका उमाशङ्कर जोशी, बैतडीका भानुभक्त जोशी, बाजुराका राजेन्द्र बाजुराली, डोटीका शेर बिष्ट, दार्चुलाका केशव बिष्ट र कैलालीका दिपेश बिष्टले स्वर दिनुभएको छ ।

Arus

सबै जिल्लाका चर्चित पर्यटकीय, धार्मिक स्थलहरु तथा मुख्य विशेषतालाई लक्षित गरि गीत तयार पारिएको छ । उक्त गीतमा शब्द गायक भानुभक्त जोशीको रहेको छ भने लय एरेन्ज भूवन बडूले गरेका छन् । जीवन बडूले मिक्सिङ गरेको उक्त गीत बीग एचडी परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको हो । अमन बडूले छायांकन गरेको गीतमा सम्पादन समेत अमन बडूले गरेका छन् । जनक महरा, हेमराज अधिकारी र दर्शन जोशीले अभिनयमा साथ दिएका छन् ।

Karnali Traders

गीतमा डडेल्धुरालाई गायक भोजराज भट्टले सातै जिल्ला देखिने सुन्दर डडेल्धुरा भनेर स्वर दिएका छन् । घटाल बाबा परशुराम धन्य उग्रतारा, संसारमा चिनाउने हाम्रो अभिभारा भनेर गीतलाई अगाडी बढाएका छन ।
बाह्रसिंगाको जिल्ला, झिलमिला ताल, बेदकोट ताल, बारकुण्डा, भम्केश्वर रहेको कञ्चनपुर जिल्ला भनि गीतमा भूवन बडूले स्वर दिएका छन् । यसैगरी वरतिर महाकाली परतिर सेती सहित रामारोशनको जिल्ला भनेर अछामका टेक बोगटीले बयान गरेका छन् ।

गीतमा दार्चुलाका केशव विष्टले दार्चुलालाई इन्द्रलोककोे दर्जा दिएकोछ । लिपुलेक, कालापानी, मालिकार्जुन, शिखर धुरा, कैलाश पर्वत लगायतका ठाउँहरुलाई गीतमा समावेश गरिएको छ । स्वर्गको टुक्रा, सुर्मादेवी ताल, सैपाल हिमाल समेत रहेको बझाङको बयान उमाशंकर जोशीले गरेका छन् । देवी देवताको थान, दशरथचन्द जन्मेको ठाँउ बैतडी भनि गायक भानुभक्त जोशीले उल्लेख गरेका छन् । यस गीतमा शब्द समेत गायक जोशी कै रहेको छ ।

बाजुराका राजेन्द्र बाजुरालीले शक्तिशाली बडिमालिका बाजुरामा रहेको भनी गीतलाई पूर्णता दिएका छन् । ३३ कोटी, नेपालको नमुना, दिपायल सिलगढी, खप्तड जाने बोटो, केदारनाथ रहेको जिल्ला अनि बासमतिको ठाउँ जोरायलको बयान डोटीका शेर विष्टले गरेका छन् । घोडाघोडी ताल, गोदावरी धामको बयान कैलालीका दिपेश विष्टले गरेका छन् । उपहार खबर बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.