Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शरीरलाई कति चाहिन्छ अक्सिजन ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ७, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

ठोस, तरल र वायुमध्ये शरीरमा सबैभन्दा बढी हिस्सा वायुको हुनुपर्छ भनिन्छ । शरीरमा जति धेरै अक्सिजन आपूर्ति हुन्छ, उत्ति नै स्वस्थ हुन्छ । अक्सिजनको कमीकै कारण क्यान्सरलगायत रोग लाग्छन् ।

शरीरमा अक्सिजनको कमीले धेरै रोग निम्त्याउँछ । जब अक्सिजनको स्तर कम हुन्छ, सबैभन्दा प्रारम्भिक र नराम्रो असर हाम्रो प्रतिरोधात्मक क्षमतामा हुन्छ । शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ ? शरीरमा अक्सिजनको आपूर्ति बढाउने विधि के हो ? लगायत विषयमा वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीसँग गरिएको कुराकानी :

शरीरमा अक्सिजनको हिस्सा कति हुनुपर्छ ?

औंलामा नाप्ने पल्स अक्सिमिटरले नाप्दा सामान्य मान्छेको शरीरमा अक्सिजनको लेबल ९५ देखि ९८ प्रतिशतसम्म हुनुपर्छ । फोक्सोसम्बन्धी समस्या हुँदा शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ । समुन्द्री सतहमा बसेको मान्छेको अक्सिजन लेबल ९७ प्रतिशत हुन्छ । अलिकति उचाइ पहाडी क्षेत्रमा बसेको मान्छेको अक्सिजन लेबल ९५ देखि ९८ को रेन्जमा हुन्छ । धेरै उचाइ सगरमाथा वा बेस क्यापमा भएका मान्छेमा अक्सिजनको मात्रा ८५ प्रतिशत जति पनि हुन सक्छ । उचाइले हावामा अक्सिजनको चापले र बिरामीको अवस्थाले शरीरमा अक्सिजनको मात्रा निर्धारण गरेको हुन्छ ।

कसैलाई लामो समयदेखि फोक्सोको समस्या छ भने उनीहरूमा ९० प्रतिशत अक्सिजन छ भने पनि त्यो नर्मल नै हो । तर कसैलाई निमोनिया भएर अक्सिजन घटेको छ भने त्यस्तो व्यक्तिलाई भने अतिरिक्त अक्सिजन नै दिनुपर्ने हुन सक्छ ।

अक्सिजनले के काम गर्छ ? कसरी काम गर्छ ?

अक्सिजन भनेको पावर हाउस जस्तो हो । हाम्रो शरीरको हरेक अंग विभिन्न तन्तु मिलेर बनेको हुन्छ । हाम्रो शरीरमा छाला, हड्डी, रगतको नसा, हड्डीलाई जोड्ने लिगामेन्ट, बोसो सबै तन्तुबाट बनेको हुन्छ । त्यो तन्तुहरू पनि विभिन्न कोषिकाहरु मिलेर बनेको हुन्छ । हाम्रो शरीरको सबै तन्तु र कोषिकालाई काम गर्न अक्सिजन चाहिन्छ । अक्सिजन त्यो कोषिकाहरुमा गइसकेपछि इन्जिनको जस्तो काम गर्छ । अक्सिजन भनेको औषधि जस्तो हो र यसले हाम्रो शरीरलाई चलायमान बनाउँछ ।

हामीले सास फेर्ने जुन हावा हुन्छ त्यसमा धेरै मात्रा नाइट्रोजन हुन्छ र पाँच भागको एक भाग २० प्रतिशत अक्सिजन हुन्छ । हामीले सास फेर्दा त्यो हावा फोक्सोमा जान्छ र फोक्सो हुँदै रक्तसञ्चार प्रणालीमा पुग्छ । त्यो रगतमा घुलेर रातो रक्तकोषमा टाँसिन्छ र शरीरको विभिन्न भागमा त्यो रगतमार्फत पुग्छ । शरीरको विभिन्न अंगमा पुगेपछि कोषिकाहरुमा पनि त्यो जान्छ ।

शरीरमा अक्सिजनको कमी कसरी हुन्छ ?

वायुमण्डलमा अक्सिजनको कमी भयो भने वा विभिन्न स्वास्थ्य समस्यामा शरीरमा अक्सिजनको कमी हुन सक्छ । हामी धेरै उचाइमा गयौं भने त वायुमण्डलमा नै अक्सिजनको कमी हुन्छ र शरीरमा पनि कमी हुन्छ ।

झ्याल ढोका बन्द गरेर ग्यास गिजर वा हिटर बाल्दा तिनीहरूको कोठामा अक्सिजनको कमी गराउँछ र शरीरमा पनि अक्सिजन कम हुन्छ ।

अक्सिजन छिर्ने फोक्सोमा समस्या भयो भने पनि शरीरमा अक्सिजनको कमी हुन्छ । फोक्सोको दीर्घकालीन रोगहरू निमोनिया, दम रोगमा पनि शरीरमा अक्सिजनको मात्रा घट्ने भयो । फोक्सोको बाथरोग भएर अक्सिजन रगतमा पुग्न नपाउँदा वा मुटुरोग भएकाहरूमा पनि अक्सिजनको कमी हुन सक्छ ।

शरीरमा अक्सिजनको कमी हुँदा के के लक्षण देखिन्छन् ?

अक्सिजनको कमी भएमा रिंगटा लाग्ने, छाती भारी हुने, मुटुको चाल बढ्ने, हातखुट्टा सुन्निने, बेहोस हुने जस्ता समस्या देखिन्छन् ।

शरीरमा अक्सिजनको आपूर्ति बढाउने विधि के हो ?

शरीरमा अक्सिजनको कमी हुनु भनेको इमरजेन्सी अवस्था हो । त्यसैले अस्पताल पुग्नुभन्दा अघि घरमै केही प्राकृतिक विधिबाट शरीरमा अक्सिजन आपूर्ति गर्न सकिन्छ । घरमा अक्सिजनको मात्रा बढाउन झ्याल ढोका र भेन्टिलेटर खुल्ला छोड्नुपर्छ । हिटर, गिजर चलाएको छ भने बन्द गर्नुपर्छ । घरमा अक्सिजनको मात्रा बढाउने स्नेक प्लान्ट, मनी प्लान्ट जस्ता बिरुवाहरू रोप्नुपर्छ ।

छातीमा खकार जमेर श्वासप्रश्वासमा समस्या भएको छ भने खोकेर त्यो खकार बाहिर निकाल्ने प्रयास गर्नुपर्छ । लामो लामो सास फेर्नुपर्छ । शरीरमा अक्सिजनको कमी भयो भने कोरोना संक्रमणको बेलामा एकदमै प्रचलित विधि घोप्टो परेर सुत्ने त्यो पनि गर्न सकिन्छ । घोप्टो परेर सुत्दा शरीरमा अक्सिजन बढाउन मद्दत गर्छ ।

कसैलाई दम रोग छ र शरीरमा अक्सिजनको कमी भएको छ भने ‘नेबुलाइजर’ बाफ लिने मेसिन र तान्ने औषधिको प्रयोग गरेर पनि शरीरमा अक्सिजन बढाउन सकिन्छ । यी औषधिले श्वासनलीलाई फुलाउँछ र अक्सिजन शरीरमा पुग्छ ।

यी सबै अस्थायी विधि हुन कुनै रोगको कारण शरीरमा अक्सिजन कमी भएको हो भने त्यो रोग पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ ।

कुनै तनाव र भयको स्थितिमा लामो सास लिंदा केही सहज महसुस हुन्छ, किन ?

कुनै तनावको स्थितिमा, भयको स्थितिमा शरीरमा अक्सिजनको कमी भएर सास फेर्न गाह्रो भए जस्तो हुने होइन । दौडिंदा पनि हामीलाई स्याँस्याँ भएर सास फेर्न गाह्रो भएको जस्तो हुन्छ, त्यो बेला पनि शरीरमा अक्सिजन घटेको हुँदैन ।

तनाव हुँदा वा दौडिंदा शरीरको तन्तुलाई अक्सिजनको मात्र बढी चाहिन्छ । शरीरलाई अक्सिजनको मात्रा बढी चाहिएको बेला गहिरो सास फेर्दा सहज महसुस हुने हो ।

हाम्रो श्वासप्रश्वास प्रणालीलाई नियन्त्रण गर्ने केन्द्र हाम्रो मस्तिष्कमा हुन्छ । हाम्रो शरीरलाई अक्सिजन बढी चाहियो भने शरीरका अंगले त्यो कुरा मस्तिष्कको श्वासप्रश्वास केन्द्रमा पु¥याउँछन् । श्वासप्रश्वास केन्द्रले फोक्सोमा त्यो सन्देश पु¥याउँछ, छिटो वा गहिरो सास फेर्नुप¥यो भनेर र लामो गहिरो सास फेर्दा सहज महसुस हुन्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व