सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमले जित्यो प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटको उपाधि

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । इटहरीमा भएको फाइनलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।

प्रदेश एकले दिएको एक सय २ रनको लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको लागि सम्झना खड्काले नटआउट २७ र कविता जोशीले १९ रन बनाए । यस्तै, डोली भट्टले २२ र कविता कुँवरले १२ रन बनाईन् ।

Sana Kishan

प्रदेश एकका सवनम राई, रुवीना चौधरी, संगीता राई र हिरामायी रोयले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकका काजल श्रेष्ठले ४८, अप्सरी बेगमले १५ र रुवीना चौधरीले १४ रन बनाए । सुदूरपश्चिमका मनिषा चौधरीले दुई र रितु कनौजियाले एक विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

प्रतियोगिताको विजेता बनेको सुदूरपश्चिम प्रदेशले ५ लाख र उपविजेता प्रदेश एकले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी थिए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.