Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ऐंठन किन हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ माघ ७, शनिबार ०७:०९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनोचिकित्सक डा. सरोज ओझाका अनुसार सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन् ।

पहिलो चरणमा निदाउने बित्तिकैको १० मिनेटको स्थिति यस्तो हुन्छ कि आधा ब्युँझिएको र आधा निदाएको । यतिबेला सानोतिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ ।

कसैले चर्को स्वरमा बोल्यो, ढोका खोलेको आवाज आयो, भाँडावर्तन बजेको आवाज आयो भने पनि मान्छेको निद्रा भंग हुन्छ । यदि बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुरो हुँदै जान्छ ।

दोस्रो चरणमा मुटुको धड्कनको गति पनि बिस्तारै घट्दै जान्छ । तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौं । चौथो चरणलाई ¥यापिड आइमोमेन्टको चरण भनिन्छ । यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ ।

यतिबेला श्वासप्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्तसञ्चार बढिरहेको हुन्छ । तर हाम्रो मांसपेशीहरु एकदम निष्क्रिय हुन्छ । र, केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौं ।

यही चरण हो, हामीले सपना देख्ने पनि ।

¥यापिड आइमोमेन्टबाट निस्किने क्रममा हामीलाई कहिलेकाहीं ऐठन हुन सक्छ । दिमाग चलिरहेको हुन्छ । शरीर चलाउन खोज्दा शरीर चल्दैन । त्यसकारण हामी अत्तालिंदै ब्युँझिन्छौं । हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो । यसैलाई हाम्रो पुरातन समाजमा भूतप्रेतले दुःख दिएको भन्ने बुझाइ छ । यसैलाई ऐठन भन्ने गरिएको छ । अंग्रेजीमा भने यसलाई स्लिपिङ पारालाइस भनिन्छ ।

ऐंठन किन हुन्छ ?

मनोचिकित्सक डा. कपिल उपाध्याय भन्छन्, ‘खासगरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो । खासगरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ ।’

ऐठनका सम्बन्धमा व्यक्तिपिच्छे फरक–फरक अनुभव सुनिएको छ । कसैलाई गह्रौं वस्तुले थिचे जस्तो हुने, कसैलाई बलियो वस्तुले अँठ्याए झैं हुने, कसैलाई सास नै थुनिदिए झैं हुने गर्छ । यस्तो स्थिति केही सेकेण्ड वा मिनेटसम्म हुने हो ।

मनोचिकित्सकका उपाध्यायका अनुसार ऐठन पर्नु भनेको सुताइको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो । तर ऐठनका बारेमा समाजमा अनेक धारणा वा भ्रम व्याप्त छन् । त्यही कारण ऐठन परेपछि मान्छेहरु चिन्तित हुने गरेका छन् ।

‘ऐठन आफैंमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ, त्यसले मान्छेलाई मनोरोगी बनाउने भय हुन्छ,’ मनोचिकित्सक उपाध्याय भन्छन् ।

ऐंठनको अन्धविश्वास

भूतप्रेतको कारण ऐठन हुन्छ भन्ने बुझाइ सदियौंदेखि रहँदै आएको पाइन्छ । यसलाई कतिपयले भड्किएको आत्मा आएको, बोक्सीले पिरेको वा प्रेतले दुःख दिएको भन्ने गरिन्छ ।

विलियम सेक्सपियरको विख्यात कृति रोमियो एण्ड जुलियटमा पनि ऐठनको सन्दर्भ जोडिएको छ । उक्त कृतिमा ऐठनलाई राक्षसको प्रभाव भनिएको छ । राति सुतेको बखत हुने असजिलो वा अप्ठ्यारो स्थितिलाई विश्वका हरेकजसो समाजमा अन्धविश्वाससँग जोडेर व्याख्या गर्ने पाइएको छ । खासगरी दुष्टआत्माले दुःख दिएको भन्ने आम बुझाइ पाइन्छ ।

‘यो एकदमै सामान्य कुरा हो,’ मनोचिकित्सक उपाध्याय भन्छन्, ‘तर यसलाई भूतप्रेतसँग जोडेर जटिल बनाइएको छ र यसले चाहिं मान्छेमा मानसिक तनाव थपिदिएको छ ।’

अनिद्रा, उत्तानो परेर सुत्ने बानी, नसालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ । कहिलेकाहीं शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सक उपाध्याय बताउँछन् ।

समाधान के ?

उपाध्यायका अनुसार ऐठनको समस्याबाट गुज्रिरहेको अवस्था छ भने निद्राको सन्तुलन व्यवस्थित गर्नुपर्छ ।

त्यसका लागि निद्राको समय तालिका बनाउन सकिन्छ । सुत्ने र उठ्ने तालिका एकनास हुनुपर्छ । शयन कक्ष शान्त, सफा हुन जरुरी छ । ओछ्यान सहज हुनुपर्छ । हल्का पहिरन लगाएर सुत्नुपर्छ । पलङ वा सिरानीमा सरसामान राख्नु हुँदैन । सुत्नुअघि गहिरो सास लिने र छाड्ने अभ्यास एकदमै प्रभावकारी हुन्छ ।

अहिले धेरैले मोबाइल चलाउने, चर्को गीत बजाएर सुत्ने गर्छन् । यसले पनि गहिरो निद्रामा बाधा पर्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ माघ ७, शनिबार ०७:०९
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ माघ ७, शनिबार ०७:०९
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ माघ ७, शनिबार ०७:०९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ माघ ७, शनिबार ०७:०९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ माघ ७, शनिबार ०७:०९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ माघ ७, शनिबार ०७:०९
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ माघ ७, शनिबार ०७:०९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ माघ ७, शनिबार ०७:०९
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ माघ ७, शनिबार ०७:०९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व