Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ऐंठन किन हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ७, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनोचिकित्सक डा. सरोज ओझाका अनुसार सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन् ।

पहिलो चरणमा निदाउने बित्तिकैको १० मिनेटको स्थिति यस्तो हुन्छ कि आधा ब्युँझिएको र आधा निदाएको । यतिबेला सानोतिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ ।

कसैले चर्को स्वरमा बोल्यो, ढोका खोलेको आवाज आयो, भाँडावर्तन बजेको आवाज आयो भने पनि मान्छेको निद्रा भंग हुन्छ । यदि बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुरो हुँदै जान्छ ।

दोस्रो चरणमा मुटुको धड्कनको गति पनि बिस्तारै घट्दै जान्छ । तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौं । चौथो चरणलाई ¥यापिड आइमोमेन्टको चरण भनिन्छ । यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ ।

यतिबेला श्वासप्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्तसञ्चार बढिरहेको हुन्छ । तर हाम्रो मांसपेशीहरु एकदम निष्क्रिय हुन्छ । र, केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौं ।

यही चरण हो, हामीले सपना देख्ने पनि ।

¥यापिड आइमोमेन्टबाट निस्किने क्रममा हामीलाई कहिलेकाहीं ऐठन हुन सक्छ । दिमाग चलिरहेको हुन्छ । शरीर चलाउन खोज्दा शरीर चल्दैन । त्यसकारण हामी अत्तालिंदै ब्युँझिन्छौं । हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो । यसैलाई हाम्रो पुरातन समाजमा भूतप्रेतले दुःख दिएको भन्ने बुझाइ छ । यसैलाई ऐठन भन्ने गरिएको छ । अंग्रेजीमा भने यसलाई स्लिपिङ पारालाइस भनिन्छ ।

ऐंठन किन हुन्छ ?

मनोचिकित्सक डा. कपिल उपाध्याय भन्छन्, ‘खासगरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो । खासगरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ ।’

ऐठनका सम्बन्धमा व्यक्तिपिच्छे फरक–फरक अनुभव सुनिएको छ । कसैलाई गह्रौं वस्तुले थिचे जस्तो हुने, कसैलाई बलियो वस्तुले अँठ्याए झैं हुने, कसैलाई सास नै थुनिदिए झैं हुने गर्छ । यस्तो स्थिति केही सेकेण्ड वा मिनेटसम्म हुने हो ।

मनोचिकित्सकका उपाध्यायका अनुसार ऐठन पर्नु भनेको सुताइको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो । तर ऐठनका बारेमा समाजमा अनेक धारणा वा भ्रम व्याप्त छन् । त्यही कारण ऐठन परेपछि मान्छेहरु चिन्तित हुने गरेका छन् ।

‘ऐठन आफैंमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ, त्यसले मान्छेलाई मनोरोगी बनाउने भय हुन्छ,’ मनोचिकित्सक उपाध्याय भन्छन् ।

ऐंठनको अन्धविश्वास

भूतप्रेतको कारण ऐठन हुन्छ भन्ने बुझाइ सदियौंदेखि रहँदै आएको पाइन्छ । यसलाई कतिपयले भड्किएको आत्मा आएको, बोक्सीले पिरेको वा प्रेतले दुःख दिएको भन्ने गरिन्छ ।

विलियम सेक्सपियरको विख्यात कृति रोमियो एण्ड जुलियटमा पनि ऐठनको सन्दर्भ जोडिएको छ । उक्त कृतिमा ऐठनलाई राक्षसको प्रभाव भनिएको छ । राति सुतेको बखत हुने असजिलो वा अप्ठ्यारो स्थितिलाई विश्वका हरेकजसो समाजमा अन्धविश्वाससँग जोडेर व्याख्या गर्ने पाइएको छ । खासगरी दुष्टआत्माले दुःख दिएको भन्ने आम बुझाइ पाइन्छ ।

‘यो एकदमै सामान्य कुरा हो,’ मनोचिकित्सक उपाध्याय भन्छन्, ‘तर यसलाई भूतप्रेतसँग जोडेर जटिल बनाइएको छ र यसले चाहिं मान्छेमा मानसिक तनाव थपिदिएको छ ।’

अनिद्रा, उत्तानो परेर सुत्ने बानी, नसालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ । कहिलेकाहीं शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सक उपाध्याय बताउँछन् ।

समाधान के ?

उपाध्यायका अनुसार ऐठनको समस्याबाट गुज्रिरहेको अवस्था छ भने निद्राको सन्तुलन व्यवस्थित गर्नुपर्छ ।

त्यसका लागि निद्राको समय तालिका बनाउन सकिन्छ । सुत्ने र उठ्ने तालिका एकनास हुनुपर्छ । शयन कक्ष शान्त, सफा हुन जरुरी छ । ओछ्यान सहज हुनुपर्छ । हल्का पहिरन लगाएर सुत्नुपर्छ । पलङ वा सिरानीमा सरसामान राख्नु हुँदैन । सुत्नुअघि गहिरो सास लिने र छाड्ने अभ्यास एकदमै प्रभावकारी हुन्छ ।

अहिले धेरैले मोबाइल चलाउने, चर्को गीत बजाएर सुत्ने गर्छन् । यसले पनि गहिरो निद्रामा बाधा पर्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व