सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विदेशमा रहेका कस्ता प्रवासीले नेपालमा आईपीओ भर्न पाउँछन् ?

विदेशमा रहेका प्रवासीले पनि नेपालमा आईपीओ भर्न सक्छन् । कुनै पनि कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्दा १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ अनुसार रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीले आईपीओ भर्न सक्छन् । यसका लागि सम्पूर्ण सी-आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थालाई सी-आस्बा प्रणालीमा आफ्ना ग्राहकको रेमिटेन्स बचत खाता तथा सोका लागि प्रदान गरिने सीआरएन नम्बर प्रविष्ट गर्ने व्यवस्था ल्याइएकाे छ ।

आज हामी कस्तो प्रक्रिया पूरा गरेका व्यक्तिले विदेशबाट आईपीओ भर्न सक्छन् भन्ने विषयमा जानकारी दिँदैछौँ ।

World Link Ads
Mahakali Polytechnic

आईपीओ आवेदनका लागि यी मापदण्ड पूरा गर्नुपर्छ

Sana Kishan

१. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा (ASBA) सदस्य बैंकमार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिटेन्स) बचत खाता खोल्नुपर्ने छ ।

२. सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट अनुमति प्राप्त निक्षेप सदस्य (डीपी) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ ।

३. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेस गरी विप्रेषण (रेमिटेन्स) बचत खाताको लागि बैंकमार्फत सी–आस्बा रजिष्ट्रेशन नम्बर (CRN) लिनु पर्नेछ ।

४. सीआरएन नम्बर प्राप्त गरिसकेको आवेदकले मेरो शेयर एपमार्फत आईपीओ खरिद गर्नसक्ने व्यवस्था छ । आफ्नो विप्रेषण (रेमिटेन्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने छ । आवेदकले आईपीओ निष्कासन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् । टेकपाना बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.