Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यसरी ​निमोनिया ​लाग्छ, ​कसरी जोगिने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ९, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चिसोका कारण निमोनिया लाग्छ भन्ने धेरैको बुझाइ छ । यद्यपि चिसोका कारण निमोनिया नलाग्ने छाती रोग विशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार फोक्सोमा संक्रमण भएर निमोनिया रोग लाग्छ ।

फोक्सोमा अक्सिजन सप्लाइ कमी भएपछि निमोनिया लाग्छ । जाडो मौसममा धुवाँ, धुलोले तथा मौसम सुक्खा हुँदा, मद्यपान, धुम्रपानका कारण श्वासप्रश्वासका माध्यमबाट फोक्सोमा असर गर्छ ।

चिकित्सकहरुका अनुसार अक्सिजनभन्दा कार्बनडाइअक्साइडको मात्रा बढी हुँदा निमोनिया बनाउन सहयोग गर्छ । निमोनियाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी सताउने गर्छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका छाती रोग विशेषज्ञ डाक्टर निरज बमका अनुसार फोक्सोमा भाइरस, ब्याक्टेरिया, फङ्गस संक्रमणका कारण निमोनिया हुन्छ । यस्तै, मिर्गौला, कलेजो, मुटु, मधुमेहका रोगी, पक्षघात जस्ता रोगीलाई निमोनिया बनाउने भाइरसले आक्रमण गर्छ । दीर्घरोगीलाई पनि निमोनियाको संक्रमण हुन सक्छ । डा. बमका अनुसार निमोनिया मुख्यतया पाँच तरिकाबाट लाग्ने गर्छ ।

१.समुदायको निमोनिया

धुम्रपान, मद्यपान गर्दा, दीर्घरोगी तथा बालबालिकालाई निमोनियाले संक्रमण गर्छ । धुवाँ, धुलोका कारण तथा खानपान र शारीरिक सक्रियता कम हुँदा पनि निमोनिया संक्रमण हुने गर्छ ।

२.अस्पतालमा हुने निमोनियाः

अस्पतालमा भर्ना भएका बिरामीलाई पनि निमोनिया हुन सक्छ । अन्य रोगको उपचार गर्न अस्पताल पुगेका बिरामीलाई पनि निमोनियाको भाइरसको संक्रमण हुन सक्छ । जस्तै, मधुमेह, पक्षघात, डाइलोसिस गर्न अस्पताल पुग्नेलाई निमोनिया हुन सक्छ ।

अस्पतालमा विभिन्न किसिमका भाइरस हुन्छन् । जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई निमोनियाको भाइरसले पनि आक्रमण गर्न सक्छ ।

३.भेन्टिलेटर एसोसिएट निमोनियाः

भेन्टिलेटरमा बसेकालाई भेन्टिलेटर एसोसिएट निमोनिया हुन्छ । भेन्टिलेटरमा बसेका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक किसिमको निमोनिया हुन सक्छ ।

४.एक्सप्रेसन निमोनियाः

कमजोर प्रतिरोधात्मक क्षमता भएकालाई यो निमोनिया हुन्छ । अस्पताल तथा घरमा भएका अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका लगायतमा निमोनिया देखिन्छ ।

५.केमिकल निमोनियाः

विभिन्न किसिमका केमिकलका कारण पनि निमोनिया हुन्छ ।

यस्ता बिरामीलाई निमोनियाले आक्रमण गर्छ

ब्याक्टेरिया, भाइरस, फङ्गस, ढुसी स्वास नलीबाट प्रवेश गरी फोक्सोमा आक्रमण गर्छ । त्यस्तो अवस्थामा खोकी लाग्ने, ज्वरो आउने, छाती घ्यारघ्यार हुने, खकारबाट रगत आउने, ज्वरो आउने, अक्सिजन घट्ने, खकार पहेलो भएमा तुरुन्त अस्पताल जानुपर्छ ।

विशेष गरी दीर्घरोगी, अशक्त जस्तै, क्यान्सर थेरापी गरेका बिरामी, मधुमेहको उपचार गराइराखेका, मिर्गौलाको डाइलोसिस गरिरहेका र कलेजोका बिरामीलाई यस्तो लक्षण देखिएमा उनीहरुलाई तत्काल अस्पताल लैजानुपर्छ ।

निमोनियमा मृत्युको प्रमुख कारण हो । कोभिड–१९ महामारीमा निमोनियाकै कारण धेरैको ज्यान गएको थियो । यस्तै, डेंगु संक्रमितलाई खोकी लाग्ने, ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने लगायतका समस्या देखिएर निमोनिया कै कारण पनि बिरामीको मृत्यु भएको थियो ।

डेंगु भई ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बिरामीलाई निमोनिया हुँदा राम्रोसँग फोक्सोले काम नगर्दा अक्सिजनको कमीको कारण भेन्टिलेटरमा राख्नुपर्ने स्थिति सिर्जना भएको चिकित्सकहरु सुनाउँछन् । डेंगुका कारण मृत्यु हुनुुको प्रमुख कारण पनि निमोनिया नै भएको चिकित्सकको भनाइ छ ।

एक पटक निमोनिया भएकालाई फेरि हुन्छ ?

फोक्सोमा ठूलो दाग छ भने स्वस्थ हुँदैन । त्यस्तो अवस्थामा पर्याप्त मात्रामा फोक्सोमा अक्सिजन सर्कुलेसन हुँदैन । फोक्सोमा अक्सिजन नपुग्दा ब्याक्टेरिया भाइरस, फङ्गस उम्रने मौका पाउँछ । अँध्यारो कोठामा अक्सिजनको कमी हुने कारणले गर्दा नै च्याउ, ढुँसी उम्रिन्छ । त्यस्तै फोक्सोमा पनि अक्सिजनको कमीका कारण ब्याक्टेरिया भाइरस उम्रिने र गुणामत्क रुपमा विकास हुने गर्दछ ।

यसरी धेरै पटक ब्याक्टेरियाको विकास भयो भने शरीरमा असर गर्छ र फेरि पनि निमोनिया हुने सम्भावना रहन्छ ।

कसरी थाहा पाउने ?

ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, खकार पहेँलो भएमा, खकारमा रगत आएमा, छाती दुख्ने, छाती घ्यारघ्यार भएर दुईतीन दिनसम्म कडा ज्वरो आएमा तत्काल अस्पतालमा सम्पर्क गर्नुपर्छ । अस्पताल पुगेपछि एक्सरे गरी हेर्दा फोक्सोमा दागहरु देखियो भने निमोनिया प्रमाणित हुन्छ ।

निमोनिया भए÷नभएको एक्सरेबाट मात्रै प्रमाणित हुन्छ । वातावरणीय प्रदुषणका कारण पनि निमोनिया हुन्छ । प्रदुषणले ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन्छ । यस अतिरिक्त धुम्रपान मद्यपान, खानपानमा लापरवाही, फोहोर, सडेगलेका खानेकुराका कारण पनि निमोनिया हुनेगर्छ ।

कसरी जोगिने ?

निमोनियाबाट बच्नका लागि स्वस्थ जीवनशैली, दैनिक शारीरिक अभ्यास गर्नुपर्छ । यस्तै, धुम्रपान, मध्यपानबाट टाढा बस्नुपर्छ । दम, क्षयरोगका बिरामीले नियमित औषधि सेवन गर्नुपर्छ । यस्तै, मिर्गौला, रक्त क्यान्सर लगायतका बिरामी सजग हुनुपर्छ । वातावरणीय प्रदुषणबाट बच्ने उपायहरु अपनाउनुपर्छ ।

नियमित रुपमा हातको सरसफाइ गर्ने, भिडभाडमा नजाने, धुलो धुवाँबाट बच्ने, सामाजिक दुरी कायम गर्ने नै यसबाट जोगिने उपाय हो ।

कोभिड–१९ संक्रमण हुनबाट जोगिने उपायजस्तै निमोनियाबाट बच्नका लागि त्यसरी नै सावधानी अपनाउनुपर्छ । नियमित औषधि सेवन गर्ने दीर्घरोगी, धुम्रपान र मध्यपान धेरै गर्नेहरुलाई चाँडै चिसोले समाउँछ । उनीहरुलाई चिसोमा भाइरल इन्फेक्सन बढी हुन्छ । माया श्रेष्ठले रातोपाटीमा लेखेकी छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व