जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । उपहार खबर बाट सभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)