सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै क्रोएसिया र मोरक्को

विश्वकप २०२२ मा तेस्रो स्थानका लागि शनिबार राति क्रोएसिया र मोरक्को भिड्दैछन्। आफ्नो समूह चरणको पहिलो खेलमा बराबरी खेलेका दुई टोली तस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।

समूह एफ मा रहेका क्रोएसिया र मोरक्को दुवै समूह चरणमा अपराजित रहँदै नकआउट राउण्ड प्रवेश गरेका टोली हुन्। मोरक्कोले बेल्जियम र क्यानडालाई हराउँदै समूह विजेता बन्दा मोरक्को र बेल्जियमसँग बराबरी खेलेको क्रोएसिया क्यानडालाई हराएर समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो।

Sana Kishan

प्रि क्वाटर फाइनलमा स्पेनलाई हराउँदै पहिलो पटक विश्वकपको क्वाटर फाइनल प्रवेश गरेको मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई हराएर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै जापानलाई हराउँदै क्वाटर फाइनल प्रवेश गरेको क्रोएसियाले उपाधिको दावेदार टोली ब्राजिललाई पछि पार्दै सेमिफाइनलसम्म पुगेको थियो।

World Link Ads
Mahakali Polytechnic

जारी प्रतियोगितामा दुवै टोलीले सेमिफाइनलमा पहिलो हार व्यहोरेका थिए। क्रोएसिया अर्जेन्टिनासँग ३–० ले पराजित हुँदा मोरक्को फ्रान्ससँग २–० को हार व्यहारेको थियो। सन २०१८ को विश्वकपको उपविजेता टोली क्रोएसिया त्यसअघि १९९८ को विश्वकपमा तेस्रो भएको थियो। मोरक्को भने सेमिफानल खेल्ने पहिलो अफ्रिकी टोली हो।

Dirghayu Ads

यो विश्वकपअघि क्रोएसिया र मोरक्को सन १९९६ मा एक पटक मात्रै भिडेका थिए। जुन खेल क्रोएसियाले जितेको थियो। खालिफा इन्टरनेशनल स्टेडियममा नेपाली समय अनुसार राति पौने ९ बजे हुने खेलमा विजयी टोलीले २७ मिलियन डलर पाउनेछन् भने पराजित टोलीले २५ मिलियन डलर पाउनेछ। विश्वकप उपाधिका लागि आइतबार राति पौने ९ बजे अर्जेन्टिना र फ्रान्स भिड्दैछन्। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.