सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एक खेल बाँकी छँदै इङ्ग्ल्यान्डले जित्यो पाकिस्तानसँगको टेस्ट शृङ्खला

पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले जितेको छ । पाकिस्तानको मुल्तानमा भएको दोस्रो टेस्त २६ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको हो ।

तीन सय ५५ रनको लक्ष्य पछ्याएको पाकिस्तान चौथो दिनको दोस्रो सेसनमा तीन सय २८ रन बनाउँदा अलआउट भयो । उसका लागि साउद सकिलले सर्वाधिक ९४ रन बनाए । यस्तै इमाम उल–हकले ६०, मोहम्मद नवाज तथा अब्दुल्लाह सफिकले ४५÷४५ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क उडले चार तथा ओइली रोबिनसन र जेम्स एन्डरसनले दुई÷दुई विकेट लिएका छन् ।

Sana Kishan

इङ्ग्ल्यान्डले पहिरो पारीमा दुई सय ८१ र दोस्रो पारीमा दुई सय ७५ रन बनाएको थियो । इङ्ग्ल्यान्डका ह्यारी ब्रुकले एक सय आठ रन बनाए । पाकिस्तान पहिरो पारीमा दुई सय दुई रन बनाएको थियो ।

World Link Ads
Mahakali Polytechnic

इङ्ग्ल्यान्डले पहिलो टेस्ट ७४ रनले जितेको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो डिसेम्बर १७ देखि सुरु हुनेछ ।

Dirghayu Ads

विश्व टेस्ट च्याम्पियनशिपमा इङ्ग्ल्यान्ड पाँचौँ र पाकिस्तान छैटौँ स्थानमा रहेका छन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.