Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कसरी चिन्ने शुद्ध मह ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २६, २०७९
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

मह जति स्वादिलो हुन्छ, उत्तिकै गुणकारी पनि । खासमा औषधिय गुणले भरिपूर्ण हुन्छ मह । त्यसैले त मान्छेले निर्धक्क मह खान्छन् । चाहे पाउरोटीमा दलेर होस् वा कागती पानीमा घोलेर ।

तर, बजारमा उपलब्ध सबैजसो मह शुद्ध हुँदैनन् । कतिपय मह त कृतिम ढंगले तयार गरिदो रहेछ, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक हुने भयो ।

अर्थात मिसावटयुक्त मात्र होइन, पुरै कृत्रिम रसायनको मिश्रणबाट पनि मह बन्ने गरेका छन् । यस्तोमा शुद्ध मह चिन्न केही कुरामा ध्यान दिनुपर्छ । महको रंग, सुगन्ध र यसको जमावट हेरेर शुद्ध हो की हैन पत्ता लगाउन सकिन्छ ।

रङ र सुगन्धबाट शुद्धता जाँच

महको रंग तथा सुगन्धबाट पनि यसको गुणवत्ता पत्ता लगाउन सकिन्छ । मह जति शुद्ध हुन्छ त्यती नै राम्ररी जम्छ । शुद्ध मह सङ्लो देखिँदैन अलि मैलो देखिन्छ । घाममा राख्दा पनि त्यसको रंग परिवर्तन हुँदैन । यसको गन्ध अलि अलि अमिलो मिश्रित हुन्छ ।

महको शुद्धता जाँच्ने सरल विधी

सामान्य मान्छेले मह शुद्ध हो की होइन पनि पत्ता लगाउनको लागि एक गिलास पानीमा एक चम्चा मह घोलेर हेर्दा त्यो मह एकदमै छिटो पानीमा घुल्छ भने त्यो महमा मिसावट छ । पानीसँग नुन घुले जसरी नै घुल्छ भने त्यो प्रशोधित हो । यदि मह शुद्ध हो भने केही मह माथी तैरिएर बस्छ ।

शुद्ध मह पत्ता लगाउन बुढी र चोर औँलामा मह लिएर फैलाउँदा त्यो रबर जस्तो तन्कियो शुद्ध हो । यदि टुक्रियो भने शुद्ध हैन । दुई वटा पाउरोटीको बिचमा मह राख्दा त्यो सजिलै टाँसियो भने त्यो शुद्ध मह हो ।

यो सिजनको मह उत्तम

अहिले पाइने मह भनेको सूर्यमुखी र तोरी फुल्ने सिजनको हो । यो सिजनमा पाइने मह नै राम्रो हो । उन्नत तरिकाका मौरीहरूलाई जुनसुकै सिजनमा पनि पाल्न सकिन्छ र त्यसबाट मह निकाल्न सकिन्छ ।

फूलबारीमा मौरी नपालेर आजभोलि फलफूल बढी बिक्री हुने ठाउँमा मौरी पालेर मह निकाल्ने गरेको पनि पाइएको छ । त्यस्तो मह भने स्वास्थ्यकर हुँदैन त्यो कुरामा पनि हामी सचेत हुनु पर्छ ।

अमृतसमान मह

महलाई प्रकृतिको अमृत मानिन्छ । यसमा सूक्ष्म पोषक तत्त्व र शरीरलाई न्यानो बनाउने गुण हुन्छ । महमा यान्टिबायोटिक गुण हुन्छ, प्रोटिन, ‘फिनोल’ नामको यान्टिबायोटिक हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

महमा भएको सबै घटकहरू प्रोटिन, सूक्ष्म पोषक तत्त्व, यान्टिबायोटिक र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन तत्त्वहरू एकदमै धेरै हुन्छ ।

मह कसरी खान सकिन्छ ? कति मात्रा ? कुन अवस्थामा ?

आजभोलि हटलेमन खाने चलन छ । यो एकदमै अस्वास्थ्यकर बानी हो । महलाई तातो पानीमा मिसाउँदा यसमा भएका गुणहरू नष्ट भएर जान्छ र कहिलेकाहीँ विषाक्त पनि हुन सक्छ ।

महलाई खाने सबैभन्दा उत्तम उपाय भनेको चाटेर खाने हो । मनतातो पानी अलग खाने र महलाई चाटेर खाने यसरी खाँदा मुखमा भएका सूक्ष्म ग्रन्थिहरू पनि सक्रिय हुन्छन् । मह यति नै मात्रामा खाने भनेर त छैन तर, ठुला व्यक्तिले दैनिक टेबल चम्चाको एक चम्चा र बालबालिकाले चिया चम्चाको एक चम्चा खानु उपयुक्त हुन्छ । पाउरोटी रोटीमा लगाएर खाँदा त धेरै पनि खाइन्छ । मह शुद्ध छ भने रुचि र शरीरको क्षमता अनुसार धेरै खाँदा यसले बेफाइदा गर्ने भने होइन ।

शरीर कमजोर भएको अवस्थामा, खाना अरुचि भएको बेला, आँखाको ज्योति बढाउन, चिसो लागेको बेला, मुटुलाई स्वास्थ्य राख्न, यौन क्षमता बढाउन , रुघा खोकी लागेको बेला र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मह खान सकिन्छ ।

यदि मह एकदमै शुद्ध छ भने यसको सेवनले मधुमेह नै निको पार्छ भनेर समेत आयुर्वेदिक किताबहरूमा लेखिएको छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व