सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नाटकीय जितसँगै क्रोएसिया सेमिफाइनलमा, पाँच पटकको च्याम्पियन ब्राजिल बाहिरियो

पेनाल्टी सुटआउटमा ४–२ ले ब्राजिललाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ। शुक्रबार भएको क्वार्टरफाइनलमा नेइमारले गरेको गोलसँगै ब्राजिलले अतिरिक्त समयमा १–० को अग्रता लिएको थियो।

नेइमारले यो महत्त्वपूर्ण गोलसँगै ब्राजिलियन राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीमा पेलेसँग बराबरी गरेका छन्। तर, एक सय १७औं मिनेटमा भ्लादिमिर पेट्कोभिचले बराबरी गोल फर्काएपछि १–१ को बराबरीसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

ब्राजिलका रोडरिगोले प्रहार गरेको पेनाल्टी क्रोएसियन गोलकिपर डोमिनिकले बचाएका थिए। ब्राजिलका लागि दोस्रो पेनाल्टी क्यासिमिरोले गोलमा परिणत गरेका थिए। ब्राजिलका लागि पेड्रोले गरेको तस्रो प्रहार पनि गोलमा परिणत भएको थियो। ब्राजिलका लागि मार्किन्होसले प्रहार गरेको चौथो पेनाल्टी पोलमा लागेर फर्केको थियो।

World Link Ads
Mahakali Polytechnic

क्रोएसियाका लागि निकोला भ्लासिचले पहिलो, लोभ्रो मायरले दोस्रो र कप्तान लुका मोड्रिचले तेस्रो पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले गरेको गोल नै निर्णायक बन्यो।

Dirghayu Ads

ब्राजिलियन महान् पेलेले ७७ गोलको कीर्तमान बनाएका थिए। आजको गोलसँगै बराबरी गरेका नेइमारले थप एक गोल गरेसँगै त्यो कीर्तिमान एकलौटी बनाउने छन्। ब्राजिलका लागि तेस्रो सर्वाधिक गोलकर्ता रोनाल्डो हुन्। उनले ६२ गोल गरेका छन् भने रोमारियोको नाममा ५६ गोल छ। यस्तै जिकोले ४८ गोल गरेका थिए।

Sana Kishan

शुक्रबार राति निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि फिफा विश्वकपअन्तर्गत ब्राजिल र क्रोएसियाबीचको पहिलो क्वार्टरफाइनल अतिरिक्त समयमा धकेलिएको थियो। एजुकेसन सिटी रंगशालामा आक्रामक शैलीमा प्रस्तुत भए पनि ब्राजिलले साविक उपविजेताको रक्षापंक्ति छिचोल्न सकेको थिएन।

नेइमारले ४२‍औं मिनेटमा पेनाल्टी एरियाको छेउबाट प्रहार गरेको फ्रि–किकमा सोझै क्रोएसियन गोलकिपर लिभाकोभिचको हातमा पुगेको थियो। त्यसअघि क्रोएसियाका इभान पेरिसिचले १४औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन।

दोस्रो हाफमा थप आक्रमक शैलीमा उत्रिएको ब्राजिलका लागि ५५औं मिनेटमा नेइमारले ६ यार्ड बक्सको कुनाबाट गरेको प्रहारमा पुनः क्रोएसियन गोलकिपर लिभाकोभिच बाधक बनेका थिए। ब्राजिलका लागि ६६औं मिनेटमा लुकास पाक्वेटाले ६ यार्ड बक्सको रेखाबाट गरेको प्रहार क्रोएसियन गोलकिपर लिभाकोभिचले अविश्वसनीय बचाउ गरेका थिए।

पाक्वेटाले ८०औं मिनेटमा पुनः पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार क्रोएसियन गोलकिपरले बचाएका थिए। अतिरिक्त सयममा क्रोएसियाले पाएको उत्कृष्ट मौाकामा गोल गर्ने अवसर गुमाएको थियो। पेट्कोभिचले बायाँतर्फबाट दिएको सुन्दर क्रसलाई ब्रोजोभिचले प्रहार गर्दा फ्रेममा राख्न सकेका थिएनन्।

समूह ’जी’को विजेता बन्दै अन्तिम १६ मा आइपुगेको ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि दक्षिण कोरियाले ४–१ ले पराजित गरेको थियो। समूह ’एफ’को उपविजेता बन्दै प्रि–क्वार्टरफाइनलमा पुगेको क्रोएसियाले अन्तिम १६मा पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।

ब्राजिल चार वर्षअघि क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। पहिलो पटक फाइनलमा पुगेको क्रोएसिया फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.