सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्व कप फुटबलमा आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दै

फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् ।

आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।

Sana Kishan

आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।

World Link Ads
Mahakali Polytechnic

आज बिहान भएको खेलमा ब्राजिल र गएरातिको खेलमा क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोल र क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो ।

योसँगै क्वाटरफाइनलमा अब ब्राजिल र दक्षिण कोरिया, अर्जेन्टिना र नेदरल्यान्ड्स तथा इङ्ल्यान्ड र फ्रान्स खेल्ने तय भइसकेको छ । त्यस्तै क्वाटरफाइनलमा आज हुने अन्तिम–१६ का विजेता दुई टोली थपिनेछन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.