सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

काठमाण्डौ – १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।

Sana Kishan

लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले नटआउट ३९, दीपक बोहराले २५ र अनुराग सिंहले २२ रन बनाए ।

World Link Ads
Mahakali Polytechnic

बलिङतर्फ लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका मिलन बोहराले पाँच विकेट लिए ।

हेमन्त धामीले र नरेन साउदले दुई÷दुई तथा आकास चन्दले एक विकेट लिए । विजेता सुदूरपश्चिमले २ लाख तथा उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.