सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ह्वाइटक्यान तथा स्वास्थ्य समाग्री वितरण

कञ्चनपुरः अपाङ्गता भएकालाई कञ्चनपुरमा स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि अपाङ्गता भएका ब्यक्तिहरूको ३१ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कञ्चनपुर नेत्रहीन संघले एक कार्यक्रमका बिच दृष्टिविहीन अपाङ्गता भएका भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाका ब्यक्तिहरूलाई ह्वाइटक्यान र स्पाइनल इन्जरी भई अपाङ्गता भएका ब्यक्तिहरूलाई स्वास्थ्य तथा सरसफाइका सामाग्रीहरू बितरण गरेको हो। नेपाल नेत्रहिन संघ कञ्चनपुरका अध्यक्ष प्रेम बहादुर बोहराले बताए।

३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विश्वभर ३ डिसेम्बरको मनाइने उक्त दिवस यस वर्ष पनि “समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” भन्ने मुल नाराका साथ कञ्चनपुर नेत्रहीन संघ उक्त दिवस मनाइएको हो।

Sana Kishan

कार्यक्रममा अपाङ्गता अधिकारकर्मि दिर्घ कुमार स्वाँरले विपन्न र संकट परेकालाई स्वास्थ्य सुरक्षा समाग्रीबाट लाभ भएको बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरपालिका समाजिक विकास संयोजक शुशिल कुमार भट्टले अपाङ्गता भएका व्यक्तिको सहायताका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन लगायतका कुरामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

World Link Ads
Mahakali Polytechnic

कार्यक्रमको अध्यक्षता कञ्चनपुर नेत्रहीन संघका अध्यक्ष प्रेम बहादुर बोहराले गर्नु भएको थियो। भने प्रमुख अतिथिमा भीमदत्त नगरपालिकाका सामाजिक बिकास संयोजक सुशील कुमार भट्ट र बिशिस्ट अतिथिमा अपाङ्गता अधिकारकर्मि दिर्घ कुमार स्वार रहनु भएको थियो भने अतिथिमा बौद्धिक अपाङ्गता अभिभावक तथा समाजसेवी शान्ति मल्ल,भीमदत्त नगरपालिका अपाङ्गता समन्वय समिति सदस्य योगेन्द्र बहादुर खड्का ,टिकाराज बिष्ट रहनु भएको थियो । कार्यक्रम संचालन संस्था का कार्यक्रम संयोजक पदम बहादुर सिहले गर्नु भएको थियो। ईसुदूर दर्पण बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.