
दुई पटकको विश्वकप विजेता उरुग्वे कतारमा जारी संस्करणको समूह चरणबाटै बाहिरिएको छ। शुक्रबार भएको समूह चरणमा अफ्रिकी मुलुक घानालाई २–० को नतिजामा पराजित गरे पनि गोलअन्तरमा दक्षिण कोरियासँग पछाडि पर्दा बाहरिनु प¥यो।
यसअघि सन् २०१४ मा पनि उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो। समूह ’एच’ को पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरीमा अल्झिएको उरुग्वे दोस्रो खेलमा पोर्चुगलसँग २–० को नतिजामा पराजित भएको थियो।

सोही समूहको अर्को खेलमा कोरियाले पोर्चुगललाई २–१ गोलको नतिजामा पराजित गरेपछि उरुग्वेसँग अंक समान भएको थियो। अंक बराबरी भए पनि गोलअन्तरमा उरुग्वे पछाडी पर्यो। उरुग्वेले समूह चरणमा दुई गोल मात्र गर्दा दक्षिण कोरियाले चार गोल गरेको थियो।

जसका कारण दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएको हो। उरुग्वेसँगै घाना पनि समूह चरणबाट बाहिरिएको छ। अन्नपूर्ण पोस्ट बाट सभार
