सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १९७ रन तयार ग¥यो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको स्कोर तयार गर्दा उनले एकदिवसीय अन्तरराष्ट्रिय प्रतिस्पर्धामा छैटौँ अर्धशतक प्रहार गरे। उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने। ज्ञानेन्द्रले आफ्नो इनिङमा ९४ बल खेल्दै ७ चौका र २ छक्काको सहयोगमा ७५ रनको स्कोर बनाए।

Sana Kishan

त्यस्तै आसिफ शेखले २० रन बनाउँदा आरिफ शेखले २३ रनको योगदान दिए। ओपनर अर्जुन साउद १८ रन बनाएर आउट हुँदा गुल्सन झाले पनि १८ रन बनाए। त्यस्तै कुशल भूर्तेलले १३ रन बनाए। दीपेन्द्रसिंह ऐरी भने गोल्डेन डकआउट भएका थिए।

World Link Ads
Mahakali Polytechnic

नामिबियाका लागि टगेनी लुङ्गामेनीले ३ विकेट लिँदा कर्ल विरकेन्सटकले २ विकेट हात पारे। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.