सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो छ आजको राशिफल !!

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज आफन्तसँग भेटघाट रहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना बन्नेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

World Link Ads
Mahakali Polytechnic

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

Dirghayu Ads

नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ पनि रहला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

नयाँ काम वा रोजगार पाइनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

श्रमको उचित मल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

Sana Kishan

शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । पुँजी बजार भने ठिकै रहला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शेयर बजारबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । हाम्रोपात्रो बाट

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.