सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्पेनलाई हराउँदै जापान अन्तिम १६ मा

समूह ’ई’को अन्तिम खेलमा स्पेनलाई २–१ गोलको नतिजामा पराजित गर्दै जापान फिफा विश्वकपको नकआउटमा पुगेको छ। अन्तिम खेलमा जापानसँग पराजित भए पनि स्पेनले समूहको उपविजेताको हैसियतमा अन्तिमा १६ मा स्थान बनाएको छ।

पहिलो खेलमा कोस्टारिकालाई ७–० ले पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेलेको थियो। सोही कारण जर्मनीलाई गोलअन्तरमा पछाडि पार्दै स्पेनले अन्तिम १६ मा स्थान बनायो।

Sana Kishan

बिहीबार राति खलिफा अन्तर्राष्ट्रि रंगशालामा भएको खेलको ११औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा आक्रामक शैलीमा मैदानमा उत्रिएको जापानका लागि ४८औं मिनेटमा रित्सु डोअनले बराबरी गोल फर्काएका थिए।

World Link Ads
Mahakali Polytechnic

त्यसको तीन मिनेट नबित्दै टनाकाले गरेको गोलसँगै जापानले अग्रता लिएको थियो। सोही अग्रता जोगाउँदै जापानले शानदार जितसहित अन्तिम १६ मा स्थान बनाएको हो। समूह विजेता बनेको जापानले क्वार्टरफाइनल प्रवेशका लागि समूह एफको विजेता उपविजेता क्रोएसियासँग खेल्ने छ।

Dirghayu Ads

स्पेनले भने समूह एफको विजेता मोरक्कोसँग खेल्ने छ। एसियाली मुलुक जापान पहिलो पटक लगातार विश्वकपको अन्तिम १६ मा पुगेको हो। चार वर्षअघि रुसमा अन्तिम १६ मा बेल्जियमसँग पराजित हुँदै जापान बाहिरिएको थियो। अन्नपूर्ण पो्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.