सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

सुदूरपश्चिम प्रदेश १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बुधवार भएको खेलमा मधेस प्रदेशलाई सात विकेटले हराएर सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो । उसले खेलेका सबै पाँच वटा खेल नै जितेको छ ।

Sana Kishan

मधेसले दिएको एक सय २३ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ५ बलमा तीन विकेट गुमाउँदै भेटायो । सुदूरपश्चिमको जितमा दीपक बोहराले सर्वाधिक ५३ रन बनाए ।

World Link Ads
Mahakali Polytechnic

आजै मूलपानी मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई ८५ रनले हरायो । लुम्बिनीले दिएको दुई सय ३५ रनको लक्ष्य पछ्याएको वाग्मतीले ३५ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र एक सय ४९ रन बनाउन सक्यो ।

Dirghayu Ads

पाँच खेलमा आठ अङ्कका साथ वाग्मती दोस्रो स्थानमा रहेको छ । लुम्बिनीको चार खेलबाट छ अङ्क भएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.