सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एक खेल अगावै अन्तिम १६ मा पुग्यो पोर्चुगल

ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित पोर्चुगल समूह ‘एच’मा उरुग्वेलाई २–० को नतिजामा पराजित गर्दै फिफा विश्वकपको प्रि–क्वार्टरफाइनलमा पुगेको छ। लुसेल रंगशालामा सम्पन्न खेलको ५४औं मिनेटमा फर्नान्डेजले गरेको गोलसँगै पोर्चुगलले अग्रता लिएको थियो।

पहिलो हाफ गोलविहीन भए पनि दोस्रो हाफमा पोर्चुगलले दुई गोल गर्दै सुरुआती दुई खेलबाट ६ अंकसहित अन्तिम १६ को यात्रा तय गर्यो। निर्धारित समयको अन्तिम मिनेटमा उरुग्वेका जोसे मारिया गिमिनेजले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि जित सुनिश्चित गर्ने मौका पाएको थियो।

सोही पेनाल्टीमा पोर्चुगलका लागि दोस्रो गोल गर्दै फर्नान्डेजले २–० को जितसहित पोर्चुगललाई एक खेल अगावै समूह चरण पार गराए।

 

पोर्चुगल चार वर्षअघि यही दक्षिण अमेरिकी मुलुकसँग पराजित हुँदा अन्तिम १६ बाटै बाहिरिएको थियो। सन् २०१८ को रुस विश्वकपमा एडिन्सन काभानीको दुई गोलको मद्दतमा उरुग्वेले २–१ को नतिजामा पोर्चुगललाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। सोही पराजयको बदला पोर्चुगलले लिएको छ।

Mahakali Polytechnic

क्वार्टरफाइनलमा त्यही संस्करणको विजेता बनेको फ्रान्ससँग २–० को नतिजामा पराजित हुँदा दुई पटकको विश्व विजेता उरुग्वे पनि घर फर्किएको थियो।

World Link Ads

समूह चरणको एक अगावै नकआउट चरणमा पुग्ने पोर्चुगल तेस्रो टिम बनेको छ। साविक विजेता फ्रान्स र पाँच पटकको च्याम्पियन ब्राजिल यसअघि नै नकआउटमा पुगिसकेका छन्। पहिलो खेलमा घानालाई ३–२ को नतिजामा पराजित गरेको पोर्चुगलले समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्नेछ।

Sana Kishan

पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरीमा अल्झिएको उरुग्वेले अन्तिम खेलमा घानाको सामना गर्नेछ। अन्नपूर्ण पोस्ट बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.