सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय ब्याटर रुतुराजले १ ओभरमा ७ छक्का प्रहार गरे

भारतीय ब्याटर रुतुराज गायकवाडले एक ओभरमा सात छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएका छन् ।

आज सोमवार महाराष्ट्र र उत्तर प्रदेशबीच भएको विजय हजारे ट्रफीको क्वार्टर–फाइनल खेलमा रुतुराजले ४९ औँ ओभरमा सात छक्का प्रहार गरेका हुन् ।

४९ औँ ओभरको एक बल नो बल थियो । यसरी उनले एक ओभरमा ४३ रन बनाए । उत्तर प्रदेशको तर्फबाट शिवा सिंहले बलिङ गरिरहेका थिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

रुतुराज गायकवाडले यस खेलमा सानदान दोहोरो शतक पनि बनाए । उनले लिस्ट ’ए’ करियरमा पहिलो पटक दोहोरो शतक प्रहार गरेका हुन् ।

Dirghayu Ads

यद्यपि लिस्ट ’ए’ क्रिकेटमा एकै ओभरमा ४३ रन बनेको भने यो पहिलो पटक होइन । यसअघि न्युजिल्यान्डको लिस्ट ’ए’ मान्यता फोर्ड ट्रफी (२०१८–१९) मा पनि एकै ओभरमा ४३ रन बनेको थियो । सेन्ट्रल डिस्ट्रिकका विलेम लुडिकको बलमा नर्दन डिस्ट्रिकका ब्रेट ह्याम्पटन र जोए कार्टले मिलेर ४३ रन जोडेका थिए जसमा दुई वटा नो बल पनि थियो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.