सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वकप फुटबल : अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

Far weast coaching ad
75
Sana Kishan

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ।

कतारको अल जानौब रङ्गशालामा शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।

Arus

अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे। खेलको २३ औँ मिनेटमा मिचेल डुकले गरेको एक गोल नै अस्ट्रेलियाको जितका लागि निर्णायक साबित भयो।

Karnali Traders

बल पोसेसनमा पकड जमाएको ट्युनिसियाले गोलको लागि निकै राम्रा प्रयास गरे पनि गोल गर्न असफल भयो।

जितसँगै अस्ट्रेलियाले फ्रान्ससँग समान ३ अंक बनाएको छ। पराजित ट्युनिसियाले पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै एक अंक बाँडेको थियो।

खेलमा अस्ट्रेलिया र फ्रान्सको समान ३ अंक हुँदा ट्युनिसिया र डेनमार्कको समान १–१ अंक रहेको छ। डेनमार्क फ्रान्ससँग केहि समयमा प्रतिस्पर्धा गर्दै छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.