सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अस्ट्रेलिया र ट्युनिसिया भिड्दै

Far weast coaching ad
89
Sana Kishan

विश्वकप फुटबलमा ट्युनिसिया र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदै छ। समूह ‘डी’ अन्तर्गत दिउँसो ३ः४५ मा हुने खेलका लागि दुबै टिम निश्चित जितको लक्ष्यमा रहेका छन्। अस्ट्रेलिया पहिलो जितको खोजीमा रहँदा ट्युनिसिया ३ अंक जोड्दै नकआउट दाबेदारी कायम राख्न चाहन्छ।

ट्युनिसिया पहिलो खेलमा बलियो मानिएको डेनमार्कलाई बराबरीमा रोकेकाले अस्ट्रेलियाविरुद्व उत्साहि छ। कम्तीमा अस्ट्रेलियालाई हराएर समूहबाट नकआउटको बलियो दाबेदारी दिने प्रयास गर्ने छ। अस्ट्रेलिया भने पहिलो खेलमा फ्रान्ससँग पराजित भएकाले पहिलो जित सहित नकआउटको झिनो आशाका लागि पनि जित्नु पर्ने दबाब एसियन टोलीलाई रहने छ।

Arus
Karnali Traders

अस्ट्रेलिया आफ्नो पहिलो खेलमा साविक च्याम्पियन फ्रान्ससँग ४–१ ले पराजित भएको थियो। यो समूहमा फ्रान्स ३ अंक जोडेर शीर्ष स्थानमा रहँदा ट्युनिसिया १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। डेनमार्क १ अंकसहित तेस्रो तथा अस्ट्रेलिया अंकविहीन रहेको छ। त्यसैले दोस्रो चरणको खेलपछि नकआउटको परिदृश्य केही स्पष्ट हुनेछ।

ट्युनिसिया र अस्ट्रेलियाबिच अहिलेसम्म दुई खेल हुँदा दुबैले समान एक–एक खेलमा जित निकालेका छन्। त्यसैले यि दुई टिम आफ्नो तेस्रो भिडन्तमा आफू बलियो रहेको सन्देश दिनपनि मैदानमा उत्रिने छन्। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.