सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई÷दुई वटा खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ को ट्युनिसिया र अस्ट्रेलियाबीच नेपाली समय अनुसार दिउँसो पौने ५ बजे खेल हुनेछ ।

Sana Kishan

अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो । आजको दोस्रो खेलमा समूह ‘सी’ को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे तथा तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच खेल हुनेछ ।

समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । आज राति अर्जेन्टिना र मेक्सिको खेल्दैछन् । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । मेक्सिकोले पहिलो खेल पोल्यान्डसँग बराबरी खेलेको थियो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.