
ट्वीटरमा रकम तिरेर फेरिफाई गर्दा नक्कली अकाउण्टको बिगबिगी बढेको भन्दै विवादमा आएपछि ट्वीटरका मालिक एलन मस्कले तत्कालका लागि स्थगित गरेको प्रमाणीकरण अर्को साता नयाँ स्वरुपमा आउने भएको छ।
ट्वीटरमा अब व्यक्तिगत, संस्थागत र सरकारी कार्यालयका लागि फरक–फरक रंगका फेरिफाई अकाउण्ट लिन सकिने ट्वीटरले जनाएको छ।


विवादपछि पुनः सुधार गर्दै फर्किएको ट्वीटरले अब व्यक्तिगत खाताका लागि निलो रंगको ब्लु टिक, संस्थागतका लागि खैरो तथा सरकारी कार्यालयहरूका लागि सुनौलो रंगको टिक उपलब्ध गराउने भएको हो।
हाल ट्वीटरका ४ लाखभन्दा बढी ब्लु टिकका अकाउण्ट छन्। अकाउण्ट भेरिफाईका लागि भने ट्वीटरलाई शुल्क तिर्नुपर्नेछ। कति रकम तिनुपर्ने स्पष्ट नभए पनि १० अमेरिकी डलरभन्दा कम शुल्कमा एकाउण्ट भेरिफाई हुन सक्ने बताईएको छ। थाहा खबर बाट सभार
