सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज मंसिर ५ गते, सोमवार, यस्तो छ आजको राशिफल !!

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

World Link Ads
Mahakali Polytechnic

नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ । आर्थिकस्तर माथि हुनेछ । छोटो यात्रा तथा मान सम्मान मिल्नेछ । अधुरो काम पनि बन्न सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

Sana Kishan

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक भइनेछ, तर अति प्रिय व्यक्तिको यादले सताउन सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज माया प्रेममा सामीप्यता बढ्नेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

चोटपटकबाट जोगिनु हुनेछ । गर्नै पर्ने काममा सहभागिता जनाइने छ । कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । हाम्रो पात्रो बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.