सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अञ्जन विष्टको गोलमा नेपालले पाकिस्तानलाई हरायो

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । आज बुधवार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई एक–शून्य गोलले हरायो ।

नेपालको जितमा अञ्जन विष्टले गोल गरे । उनले खेलको ८३ औँ मिनेटमा गोल गरे । अञ्जनले सुनिल बलको क्रस पासमा गोल गरेका हुन् । उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।

गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

विश्व फुटबल महासङ्घ (फिफा) ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेको हो ।

Dirghayu Ads

योसँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएको छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ ।

नेपाली पुरुष फुटबल टोलीले आज दशरथ रङ्गशालामा ५० औँ अन्तर्राष्ट्रिय खेल खेलेको हो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.