सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्ल्डलिङ्कको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघ्यो

Far weast coaching ad
127
Sana Kishan

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यो कोशेढुङ्गा पार गरेको जानकारी दिएको हो ।

३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ । २०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पूरा गरेको वर्ल्डलिङ्कले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो ।

Arus


देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा हाल पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । देशका सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट सेवा पुगिसकेको कम्पनीले जनाएको छ ।

Karnali Traders

बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । देशको कुल इन्टरनेट ट्राफिकमध्ये ४२ प्रतिशत वर्ल्डलिङ्कमार्फत जाने गरेको छ ।


कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाई–फाई एक्सप्रेसमार्फत फ्रि वाई–फाई समेत उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ३० लाख २४ हजारभन्दा बढी रहेको देखिन्छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.