सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली कारागारबाट ३४ जनाले मतदान गर्न पाउने

कैलाली– जिल्ला कारागार कैलालीमा सोमबार दिउँसो सम्म ६ सय १५ कैदी रहेका छन् । उनीहरु मध्ये ३४ जनाको मात्र मतदाता नामावलीमा नाम रहेको छ ।

अस्थायी मतदान केन्द्रबाट सामानुपातिक मतदानको अधिकार पहिलो पटक कार्यान्वयन हुँदैछ । तर जिल्ला कारागारका एक महिलासहित ३४ जनाले मात्र मतदान गर्न पाउने भएका छन् ।

जिल्ला कारागार कैलालीका जेलर वीरेन्द्र बोहराका अनुसार कैदीहरुको मतदाता नामावलीमा नाम नरहेकोले ३४ जनाले मात्र मतदान गर्न पाउने भएको बताए । उनले भने, १०–१५ वर्षदेखि कारागारमै छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मतदाता नामावलीमा नाम छैन् । त्यस्तै कैदीहरुले कारागारकै अस्थायी मतदान केन्द्रमा मतदान गर्नेछन् । जिल्ला कारागार कैलालीमा बच्चासहित ४० महिला र पाँच सय ७५ पुरुष कैदी रहेका छन् ।

Dirghayu Ads

धनगढी उपमहानगरपालिकाको कार्यालय एक हजार आठ सय ५०, गोदावरी नगरपालिका २ वनदेवी मन्दिरमा एक सय ६, गोदावरी–४ को महादेव मन्दिरमा दुई सय २०, गौरीगंगा–६ मा एक सय ५५, गौरीगंगा–८ मा ६ सय ७३, लम्कीचुहा–३ मा २ सय ९०, टीकापुर–१ मा एक हजार एक सय ७२ र कारागारमा ३४ जनाले मतदान गर्ने भएका हुन् । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.